मोरङ । १८ महिने नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिने वालिकालाई जबरजस्ती करणी
गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी पक्राउ परेका छन् । प्रहरीका अनुसार फाल्गुन २७ गते बेलुका साँढे ५ बजेतिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन ।

प्रहरीले बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको थियो । बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका पारेर घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुलेका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
