धरान । खेलकुद विकासको मेरुदण्ड भएको महसुस गरी यसको विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्न थालेका छन् ।
वडावडाबाट खेलको विकास गर्ने स्थानीय सरकारको लक्ष्यलाई नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्रले यसमा सहयोग पुर्याउन थालेका छन् । यही उद्देश्य अनुरुप खेलाडीको प्रोत्साहन गर्नकै लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको हो ।

खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश झाले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गर्नुभएको हो ् ।
स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हँुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले यस्ता सहयोग खेलाडी उत्पादनसँगै खेलको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
रकम हस्तान्तरपछि ज्योति विकास बैंकका शाखा अधिकृत प्रकाश झाले १४ नं.का युवा खेलाडीहरुको भविष्य देखेर नै सहयोग गरेको बताउनुभयो ।
धरान १४ गोधुली क्लबले आयोजना गरेको गोधुली फुटबल प्रतियोगिताको गत बर्षको विजेता टिम हो भने यस बर्ष भने सेमी फाइनलमै बाहिरएको थियो । धरान १४ का खेलाडीहरुलाई धरानमै राम्रो खेलाडीको रुपमा लिने गरिएको छ ।
