सिजि ११ र सिडियो ११ बीचको क्रिकेटमा सिजी ११ विजयी

विरगञ्ज । भारतीय स्वतन्त्रता दिवस, अमृतका महोत्सव अन्तर्गत आगामी सन् २०२३ सम्म देश तथा विदेशमा सञ्चालन हुँदै आएको विविध कार्यक्रम अन्तर्गत विरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दुतावासले शनिवार मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरेको थियो ।


क्रिकेट टोलीमा महावाणिज्य दुतावासको कन्सुलर जनरल टोली र पर्सा सिडिओ टोली सहभागी रहेका थिए । कन्सुलर टोलीलाई सिजी ११ र सिडिओ टोलीलाई सिडिओ ११ नाम दिइएको थियो । सिडिओ ११ टोलीले टस जितेर पहिलो व्याटिङ रोजेको थियो । सिजी ११ टोलीलाई ७२ रनको लक्ष्य दिएकोमा सिजी ११ ले दुई ओभर बाँकी रहँदै लक्ष्य भेट्टाएको थियो ।
सिडिओ ११ मा पर्सास्थित नेपाल सरकारका विभिन्न
सरकारी कार्यालयका कर्मचारीहरु सहभागी भएका थिए । महावाणिज्य दुतावासका अनुसार क्रिकेट खेलको प्रमुख उद्देश्य भारत र नेपालका अधिकारीहरु बीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्वास्थ्यमा खेलकुदको महत्वलाई दर्शाउनु रहेको थियो ।

तपाईको प्रतिक्रिया