सत्र समाज हङकङद्धारा विद्यालयलाई आर्थिक सहयोग

धरान । धरान सत्र समाज हङकङले धरान १७ स्थित दीपेन्द स्मिृत विद्यालयलाई खेलमैदान मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेका छन । आइतवार विद्यालयमा नै पुगेर विद्यालयका प्रधानध्यापक पर्वत संजेललाई नगद एक लाख ५० हजार रुपैया प्रदान गरेका थिए । सहयोग रकम धरान सत्र समाज हङकङका सचिव विनोद राई र धरान १७ न. वडाध्यक्ष मनोज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।


विद्यालयका वालवालिकाहरुलाई खेल्नका लागि खेल मैदान अव्यवस्थित भएपछि सहयोगका लागि वडाध्यक्षले वडावाट समाजलाई सहयोगका लागि आग्रह गरेका थिए । सोही आग्रह अनुरुप समाजले सहयोग प्रदान गरेको समाजका सचिव विनोद राईले जानकारी गराए । धरान सत्र समाज हङकङमा बसेका धरान १६ का वडा बासीहरुद्वारा स्थापित संस्था हो । समाजले खेलकुद, शिक्षा, स्वास्थ्य एवम् विभिन्न गरिव असाहयहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले संस्थाका सदस्यहरुबाट व्याक्तिगत रुपमा सहयोग रकम संकलन गरी सामाजिक कार्य गर्दै आइरहेको सचिव राईले जनाए । लामो समय हङकङ वसाइ पछि राई घर आएका हुन ।
समाजले पठाएको रकमले खेलमैदान पूर्णरुपमा मर्मतसंभार गर्न नपुगेमा वाँकी रकम आफै व्यावस्थापन गरी मर्मत गर्ने वडाध्यक्ष मनोज भट्टराईले प्रतिबद्धता जनाए । समाजले आप्mनो वडासँगै सिंगो धरान उपमहानगरमा निरन्तर रुपमा निभाएको सामाजिक उत्तरदायित्वको लागि वडाध्यक्ष भट्टराईले धरान सत्र समाज हङकङलाई धन्यवाद दिएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा गोधुली क्लवका उपाध्यक्ष सतिस केशी, पूर्व राष्ट्रिय फुटवल खेलाडी इन्दु रसाइली, पूर्व फुटवल खेलाडी गोविन्द राई, समाजका प्रतिनिधि नारद राई लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया