धरान । एलाइनेट जिमको आयोजनामा आयोजित २१ औ मिस्टर धरान शारिरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आशिष राईले चुमेका छने । ७५ केजी तौल समूहका विजेता अशिष राईले नगद १ लाख रुपैयासँगै तीन लाख रुपैया वरावरको मल्टि स्मिथ मेसिन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मल्टि मेसिन फिटनेस चोइस इटहरीले स्पोन्सर गरेका हुन ।
यसैगरी ७० तौल समूहका अर्पण लिम्वु दोस्रो र ६५ तौल समुहका सन्तोष लिम्वु तेस्रो र झुनाज फिटनेसका सन्तोष चौथो भएका छन । अर्पण र सन्तोष क्रन्च फिटनेसका हुन । उनीहरुले क्रमशः नगद ४० हजार , ३० हजार, २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगिताको वेस्ट पोजर उपाधि क्रन्च फिटनेसका रिर्चड तामाङ्ग, मौस्ट इम्प्रुभमेन्ट उपाधि क्रन्चका सन्तोष लिम्वु, र मोस्ट मस्कुलरको उपाधि भिजन फिटनेसकाले जितेका छन । उनीहरुले जनही नगद ५ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वु, प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, ओसियन पार्क इटहरीका प्रोपराइटर डम्वर तामाङ्ग, समाजसेवि मिना सिंगक लगायतले पुरस्कार प्रदान गरेका थिए ।
एलाइनेट जिमको १९ औ प्रस्तुति रहेको कार्यक्रम्रम दुइ दिन सम्म चलेको थियो । शुक्रवार सहभागीहरुवाट प्रि(जजिङ्ग गरी शनिवार भने फाइनल गरिएको थियो ।
