धरान । धार्मिक एवम् अनेकौ आख्यानका दृष्टिले मात्र नभएर आदरपूर्वक मिठास भाषा शैली, विद्वत वर्गहरुको सहर, ऐतिहासिक सैयो कुण्डहरुले प्रख्यात जनकपुरमा मिथिला फाउन्डेशनद्वारा आयोजित तीनदिने साहित्यिक महोत्सव शनिवार सम्पन्न भएको छ ।
विगत एक दशकभन्दा लामो समयदेखि मिथिला फाउन्डेशनले मिथिला क्षेत्रलाई केन्द्र विन्दुमा राखेर मिथिला (मैथिली) भाषा साहित्य संरक्षणका लागि काम गर्दै आएको छ । फागुन १९ गते विहीबारदेखि सञ्चालन भएको मिथिला साहित्यिक महोत्सवको मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री राउतले साहित्यिक महोत्सवले मिथिला क्षेत्रका बौद्धिक वर्गलाई एकै ठाउँमा भेला गराएको बताउनुभयो । मुलुक संघीयतामा गएपछि मैथिली भाषा साहित्य
संरक्षणमा स्वस्फूर्त रुपमा मिथिलाबासीहरु जागरुक भएको मुख्यमन्त्री राउतको भनाई थियो । मिथिला फाउन्डेशनको आयोजनामा भएको महत्वस तेस्रो संस्करण हो । हरेक बर्ष आयोजना हुने यस्ता साहित्यिक महोत्सवको आफ्नै विशेषता रहेको धारणा राख्दै मुख्यमन्त्री राउतले महोत्सवले साहित्यसँगै सामाजिक परिवेश, राजनीतिक र जातजातिका कुरालाइ पनि उठान गर्ने भएकोले महोत्सव आफैमा महत्वपूर्ण रहेको बताउनु भएको थियो । उहाँले भन्नुभयो भर्खरै प्रदेश नं. २ को नामाकरण मधेश प्रदेश राखिएको छ अब जनकपुर र मधेश प्रदेश एक अर्काका पर्यायवाची हुने पनि उहाँको धारणा थियो ।
जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको परिसरमा आयोजित तीनदिने महोत्सवमा विहीबार मेरो जनकपुर शीर्षकमा विद्यार्थीबीचमा वतृत्वकला भएको थियो । दास्रो अर्थात शुक्रबार मधेशका झरी नाच प्रदर्शन गरिएको थियो भने अन्तिम दिन शनिवार काठमाण्डौबाट जनकपुर पग्नु भएका खगेन्द्र संग्रौलाले मधेशमा साहित्य र म विषयमा चर्चा गर्नुभएको थियो ।
