चुनाउमा दोस्रो हुने रे
जति जति स्थानीय तहको निर्वाचन नजिक आउँछ त्यति त्यति माकुने र प्रचण्डाउको निन्द्रा हराम हुन थाल्या छ । यतिबेला ती दुईलाई स्थानीय तहको निर्वाचनमा ल्वात्तै बढारिएर भित्तामा पुगिने डरले भयंकर सताएको छ । स्थानीय निर्वाचन एमसिसीमा सत्ता छोड्नुपर्ने पिरोलोले आफ्नै कार्जेकर्ता, नेताहरुलाई सर्वाङ्ग नांगो भएजस्तै व्याख्यात्मक टिप्पणी गरेर बेकुव बनाएजस्तो हुँदैन । त्यसैले ती दुईको यतिबेला बोलीको समेत ठेगान छैन । अस्तिका दिन त प्रचण्डाउले कतिसम्म हँसाए भने उन्लाई गोप्य रिपोटए भयो रे । गोप्य रिपोर्टमा स्थानीय तहको निर्वाचनमा नेप्लिज लाँग्रेस पहिलो र माओवादी दोस्रो हुने भन्ने छ रे । प्रचण्डाउका कुनचाहिँ निकटका दलाले त्यस्तो रिपोर्ट देछन् । हिजोआज उनी त्यही रिपोर्ट भट्याउँदै हिड्न थाल्या छन् । असीवटा दलमा पुछारबाट दोस्रोचाहिँ होला । विचरा के गरुन ? चुनाउमा सिनित्तै भइने डरले चुनाउ सार्ने न्वारानदेखिको बल त लगाएकै थिए । पार नलागेसी रिपोर्टको स्क्यान्डलमा लाग्या छन् ।
लेनदेनमा बात मिलेन छ

लेनदेनमा बात नमिलेसी धरान नगरपालिकाभित्रको खोला उत्खनन् काण्ड यतिबेला सडकमा छताछुल्ल भएको छ । यसभन्दा अगाडि बाँडीचुँडी खादा सडकमा असरल्ल भएको थिएन । अब अहिले एक्लै बजाउन खोज्दा धरानेहरुले चाल पाए । अब हेरम न धरानको अँधेरै खोला उत्खनन्मा मेयरले एकलौटी करोडौ बजाइदिएछन् । एक सुको नि आफूलाई नदिएको भन्दै उपमेयरले अस्तिका दिन नारदमुनीहरुलाई भेला गराई कंकलो स्वर निकालेर सुनाइछन् । विचरा नारदमुनीहरु पनि छक्क परे । हुन त खाने मामलामा सकभर एक्ल खाम भन्ने सबैको मनसुवा नै हुन्छ । अब गोडा साठेक दिन होला खान्तेपिन्तेको । किन दुवैले रडाको गरेर धराने जनतालाई हँसाएको होलान् ? धन्न उपमेयरले बात नमिलेर पोल खोलिदिइन् नत्र धरानका हरिलठ्ठक जन्तालाई सुइँको सम्म हुने थिएन ।
सुइ“कुच्चा ठोकेछन्
युक्रेनका राष्ट्रपति भोलिमोदिर जेलेस्को वडो राष्ट्रवादी गफ हान्थे देश छाडेर कहीँ जान्न बरु यही मर्छु भनेर । अस्तिका दिन त रातारा पोल्याण्डतिर कुले ठोकेछन । आफूभन्दा ठूलासँग
पाखुरा सुर्केर निहुँ खोज्नु हुन्थेन । निहुँ खोजेसी त्यस्तै हविगत हुने नै भयो । खुबै नाटोका सेनाहरु आएर आफूलाई सहयोग गर्छन् भनेर पहिला गमम्क फुलेर बस्या थिए । रुसका राष्ट्रपतिले एउटै धम्की दिएपछि अम्रिकाका राष्ट्रपति वाइडेनको त अपानवायु बन्द भएछ भने अरु आउने कुरै भएन । थपक्क पुटिनले भन्या मान्दिया भए विचराले
रातारा भाग्नु त पर्ने थिएन । के गर्नु हुनहार भइगयो । अब पोल्याण्डतिरै शरणार्थी भएर बसे तैबरु ज्यानचाहिँ जोगिएला ।
भेडाबाख्रा गायव
एमसिसीको विरोधमा कन्दनी चुडिन्ज्याल चिच्याउनेहरु एकाएक गायव भएका छन् । एमसिसी पास गर्नेहरुले तिन्का लगौटी खोलेर मिल्काइदिएसी विचराहरु आफ्नो लाज हातले छोपेर कतिदिन बस्न सक्थे र ? अहिले गायबैै भएछन् । माकुनेका बरिष्ठ नेता झल्लझलु आच्या सर्पनाथ झलेमालेका छेपारे नेता भीम रावल लारायन काजी, लेखनाथ न्यौपाने, कृष्णबहादुर महाराहरु एमसिसी पास गनेलाई जुत्तै जुत्ताले हान्छम् भन्थे । अहिले तिनीहरुले थोत्रे जुत्ता पाएनछन् कि क्याहो हान्नलाई ? अर्को नेकपाका मा’सचिव नेत्रविक्रम चन्दले त उत्पातै मच्चाउछु भन्थे । एमसिसी पास गर्न खोज्ने सांसदको घरैमा गएर थर्काउने कुरा ग¥या थे । जब ह्याउ पुग्दैन भने किन उम्लिनु । यसैलाई भन्छन मच्चियो मच्चियो थप्चियो ।
बाउरामको करङ चिलाएजस्तो छ
आयाराम गयाराम विषयमा पिएचडी ग¥या बाउराम भट्टराईको थुतुनो हिजोआज निक्कै चल्न थाल्या छ । हुन त तिनले चलाउने भन्या त्यही थुतुनो त हो । अर्थोक त के चलाउन र तिन्ले एमसिसीमा उग्र दलाली गर्दा यतिबेला तिन्लाई आफ्नै घर गोरखा जान नसक्ने अवस्था भएको छ । फेरि अहिले तिनले राज्यले बृद्धबृद्धालाई दिएको कम आरिस गर्न थाल्या छन् । बृद्ध भत्ता काट्नुपर्छ भनेर अस्तिका दिन तिनले बोलेसी अबचाहिँ तिन्को करङ चिलाएकै हो कि जस्तो लाग्न थाल्या छ । एउटा न एउटा उट्पट्याङ नबोली ति बस्नै सक्दैनन् । बद्धबृद्धाले पाउने पोइसोसँग तिन्लाई किन यत्रो डाहा ? मति विग्रेसी थुतुनो पनि कन्ट्रोलमा हुँदैन भन्थे हो रै’छ ।
कमलेको पार्टीमा भ्याकेन्सी खुल्यो
राजेन्द्र लिंगदेनसँगको कुस्तीमा तीन बल्ड्याङ उत्तानोचित्त भा’का कमलेले खोलेको नयाँ उद्योग राप्रपा नेपालमा गतिला गतिला पदमा भ्याकेन्सी खुलेको रै’छ । जागिरका लागि साह«ै ठूलो योग्यता पनि नचाहिँने मात्र कमल प्रवत्तिसँग त्वम् शरणम् गर्ने भए पुग्ने । आजीवन र उक्त उद्योगको अध्यक्ष पदको आकांक्षी बन्न नपाउने । बस यी दुई योग्यता भए गतिलै जागिर पाइने । भर्खरैमात्र ६ जना उपाधयक्ष र चार जना महामन्त्रीले नियुक्ति पाइसकेका छन् । अरु पनि धेरै पदहरु खाली छन् । इच्छुक उमेद्वारहरुले त कमलेको उद्योगमा गएर आफ्ना योग्यताको प्रमाणपत्र पेश गर्नुहोला । अवसर त गुमाउनु भएन नि कि कसो हौ ?
अरथ मन्तरी चिप्लेलान् जस्तो छ
अरथमन्तरी चिप्लेलान् जस्तो छ । अर्थतन्त्रको क्षेत्रमा सन्तोषजनक काम गर्न नसकेको भन्दै वाल्वाटारे काजीको नाकाबाट हिजाआज आपत्ति धुवाँ निकस्न थाल्या छ । काजीको नाकबाट धुँवा निस्कनु पनि स्वभाविक हो । काजीले तलब भत्ता खुवाउनमात्र अरथमन्तरी बनाएका त होइनन् नि । एमसिसी सदनमा टेवल भएसी आफनो उनीलाइ लिएर अरथमन्तरी घुमफिरमा निस्किए, कहीँ कतैबाट एक सुको राजस्वमा जम्मा गर्न सकेनन् । अनि तिन्का झुस्स परेका दाह«ीमात्र हेरेर अरथमन्तरी बनाइराख्नुपनि त भएन । काजीले अरथ मन्तरीको चाँडै व्यवस्था गर्लान् जस्तो छ ।
अन्तेमा
नेप्लिज लाँग्रेसका उपसभापति धनराज गुरुङले अस्तिका दिन माकुने र प्रचण्डाउको धोती खुस्किउन्याल दनक दे’छन । उनले भन्या चमेराहरु काँग्रेसरुपी हात्तीको कानमा ओत लाग्न ज्यान फालेर लागेका छन् । नलागेर पो के गरुन ? जनता तिन्को नामै सुन्न चाहँदनन् । एमालेतिर जाम भने खप्रओवाले जोर लात्ती बजाउने निश्चित छ । अन्त जाम कहीँ ठाम छैन । हुन पनि यी दुई काँग्रेससँग लिसै भएर टाँसिएका छन् । राजनीति उद्योग चलाउन त जतना साथमा हुनुप¥यो नि । जनता तिन्लाई जहाँ भेट्यो त्यही बजाउन तयार भएर बस्या छन् । काँग्रेसको ओतमा बस्यो भने केही दिन गुजारा त चल्ला भन्ने सोच्या होलान् बबुराहरुले । वाल्वाटारे काजीले अलिकति बोक्या भरमा कँगेसले ती दुवैलाई घाँस नहाल्नेचाहिँ निश्चित छ । कि कसो हौ ?
