नेपाली सेनालाई एक लाख डोज खोप

धरान । भारतीय सेनाले नेपाली सेनालाई कोभिड १९ विरुद्धको एक लाख डोज खोप उपहार स्वरुप प्रदान गरेको छ ।
फागुन १२ गते भारत सरकारको खोप मैत्री योजना अन्तर्गत उक्त खोप उपहार स्वरुप प्रदान गरिएको हो । भारतमा बनेको कोभिड १९ विरुद्धको खोपको एक लाख डोज काठमाण्डौ टुँडिखेलस्थित नेपाली सेनाको जंगीअड्डामा आयोजित एक समारोहबीच प्रदान गरिएको थियो ।


गोरखा बिगे्रडका प्रमुख लेÏिटनेन्ट जनरल पि.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उक्त खोप हस्तान्तरण गर्नुभएको थियो । भारतीय दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ सो अवसरमा लेÏिटनेन्ट जनरल अनन्थनारायणले गोरखा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यसैगरी भारतले उपहार स्वरुप प्रदान गरेको खोपप्रति स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अगाडि बढाएको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो ।
यहाँ स्मरणीय कुरा के छ भने सन २०२० यता कोभिडशिल्ड खोप, स्वास्थ्य सामाग्री एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड १९ विरुद्ध लड्न सहयोग गर्दै आएको छ । पछिल्लो पटक भारतीय सेनाले प्रदान गरेको खोप उपहारले दुई देशबीच र दुई सेनाबीचको सहकार्यलाई समेत पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया