हिमाल सुरक्षा परिषद्द्वारा युद्धको घोषणा

धरान । विभिन्न २० सुत्रीय माग राखी हिमाल सुरक्षा परिषद् नामको भूमिगत संगठनले फागुन १५ गते सशस्त्र युद्धको घोषणा गरेको छ ।
अज्ञात स्थलबाट आइतबार उसले एक विज्ञप्ती प्रकाशित गरी युद्धको घोषणा गरेको जनाइएको हो । वि.सं. २०५२ सालमा तत्कालीन माओवादीले ४१ सुत्रीय माग राखी युद्धको घोषणा गरेको शैलीमा सुरक्षा परिषद्ले मागहरु राखेको छ । माआवादीले सशस्त्र द्वन्द्व शुरु गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो भने हिमाल सुरक्षा परिषद्ले शसस्त्र युद्धको घोषणा गर्दा पनि प्रधानमन्त्री देउवा नै हुुनुहुन्छ ।
हिमाल सुरक्षा परिषद नेपाल केन्द्रीय कमिटीको नामबाट पत्रसंख्या १०५६ र चलानी नं. ०७८÷०७९ द्वारा जारी पत्रमा उसले वर्तमान गठबन्धन सरकारलाई निकम्बा भन्दै चुनौति समेत दिएको छ । केन्द्रीय अध्यक्षको हस्ताक्षर भए पनि नाम उल्लेख नगरिएको उक्त पत्रमा २० वटा मागहरु अगाडि सारेको छ । जसमा सघीयता खारेज र ५ विकास क्षेत्रमा परिणत, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दु राष्ट्र कायम, एमसिसी जस्तो घातक सम्झौता खारेज, उच्चस्तरीय नागरिकता छानविन आयोग गठन, प्रतिनिधिसभा र
राष्ट्रिय सभामा ६५ बर्षै म्याद हद, जात र धर्मको नाममा बनाइएका सबै आयोग खारेज गरी गरिवीका आधारमा आरक्षण हुनुपर्ने व्यवस्था, २०४६ साल पछिका सबै नेता तथा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया