राजधानी । नेपाल–भारत द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय सयक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त सञ्चालक समितिको ९ औं वैठक काठमाण्डौमा सम्पन्न भएको छ ।
फागन ११ र १२ गते सम्पन्न बैठकले दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने निर्णय भएको छ ।
भारत सरकारका ऊर्जा मन्त्रालयका सचिव आलोककुमार र नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह अध्यक्षतामा भारत–नेपाल संयुक्त सञ्चालक समितिको वैठक सम्पन्न भएको थियो । संयुक्त सञ्चालक समितिको बैठक शुरु हुनु भन्दा अगडि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग सिस्टाचार भेटवार्ता गर्नुभएको थियो ।

संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको प्रष्ट पारेका थिए । नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रशारण पूर्वाधारका संयुक्त विकास सम्बन्धी घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोग मार्फत ऊर्जा क्षेत्रमा सफलता हाँसिल गर्न सहमति जनाइएको भारतीय राजदूतावास काठमाण्डौले जनाएको छ । शुक्रबार दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ नेपाली पक्षले काठमाण्डौमा गरेको न्यानो स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गदै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय ऊर्जा क्षमताको स्थापना ‘एक राष्ट्र एक ग्रीड एक बजार योजनाका उपलब्धीहरु’ लगायत पछिल्लो क्रममा भारतको ऊर्जा क्षेत्रमा भएका विकासबारे जाकारी गराइएको थियो ।
जारी विज्ञप्तीमा भनिएको छ नेपाली पक्षले पनि भारतीय पक्षलाई ऊर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य नेपालमा विद्युतमार्गको परिदृश्यका बारेमा जानकारी गराइएको थियो । ऊर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रसस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढीकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिँदै नेपालमा विकास गर्न सकिने किसिमका जलविधुत परियोजना निर्माणका लायि संयुक्त जल विकास समितिको स्थापना गर्न दुवै पक्षबीच सहमति समेत भएको छ । विज्ञप्तीमा भनिएको छ दुई पक्षबीच ऊर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्काे बैठक भारतीय पक्षले आयोजना गर्ने सहमति समेत भएको छ ।
