शिवरात्री पर्वमा पिण्डेश्वर मन्दिरमा चहलपहल बढ्यो

धरान । सनातन हिन्दु धर्मालम्बीहरुको चाडमध्ये शिवरात्री आएसँगै धरानस्थित पिण्डेश्वर मन्दिरमा चहलपहल शुरु भएको छ ।
प्रदेश नं. १ कै धार्मिक स्थल धरान १४ पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका बाबाहरु धरान आएका छन् ।शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व विशेष गरी काठमाण्डौको पशुपतिनाथ, झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर लगायतका शिव मन्दिरहरुमा साधुहरुको घुइचो लाग्ने गर्दछ ।शिवरात्री भव्यताका साथ मनाउने उद्देश्यले जुटेका मेधान्त बाबाले विगतको बर्ष कोरोना महामारीका कारण राम्ररी शिवरात्री पर्व मनाउन नपाएको भन्दै यस बर्ष धुमधामका साथ मनाउने सोचमा रहेका बताउनुभयो ।


यस्तै सोचाई पिण्डेश्वर बाबाधाममै बस्दै आएका मेधान्त गिरी छ । शिवरात्री पर्व भव्यताका साथ मनाउन अहिलेदेखि नै तयारीमा लागेको उहाले बताउनुभयो । उनीहरुमात्र हैन अहिले शिवरात्री धुमधाम मनाउन साधु बाबाहरु अहिलेदेखि नै तयारी गर्दै बसेका छन् । यसका लाागि तयारी शुरु गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको दयामा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । बाबाजीहरुले भने शिवजीको प्रसाद धतुरो अधिक मात्रामा प्रयोग गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया