ब्राम्हण समाज नेपालको सामुहिक व्रतबन्ध सम्पन्न

धरान/फजुल खर्च नगरौ, मितव्याीि बनौ, सामुहिक कार्यमा सहभागी बनौं भन्ने मुल उद्देश्यका साथ ब्राम्हण समाज नेपाल धरान नगर समितिले सोमबार धरान १४ पिण्डेश्वर परिषरमा सामुहिक ब्रतबन्ध र गुन्युचोली सम्पन्न गरेको छ ।
विगत पााचबर्षदेखि समाजले परम्परागत रुपमा स्थापित मान्यताका यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । समाजले आयोजना गरेको सामुहिक व्रतबन्धमा सहभागी एक जनाले १ हजार १ सय र गुन्युचोलीमा सहभागीले एकजनाको २ हजार १ सय लिएर विधिवत वैद्धिक कार्य सम्पन्न गर्ने गरेको छ । विगतका बर्षहरुमा झै यसपटक पनि ब्रतबन्धमा झापा, मोरङ्ग, सुनसरी, धनकुटा लगायतका स्थाबाट गरी ३० जना सहभागी भएका थिए भने गुन्युचोलीमा दुईजनाको सहभागिता रहेको ब्राम्हण समाज नेपाल धराननगर अध्यक्ष उद्धव अधिकरीले जानकारी दिनुभयो । उहााका अनुसार यसपटक मोरङ्गबाट ५ जना, धनकुटाबाट ३ जना, झापाबाट ३ जना र सुनसरीको धरान लगायतका अन्य स्थनबाट १८ जना ब्रतन्धमा सहभागि भएका थिए । समाजका कोषाध्यक्ष गंगा रेग्मीका अनुसार यसपटकको सामुहिक ब्रतबन्ध कार्यक्रममा मोरङ्ग विराटचौकको २८ बष्र्गाीय सुमन खड्का समेत सहभागी भएका थिए । सहभागीमध्ये खड्का नै सबैभनदा जेठा थिए भने धरानका ८ बर्षीय ऋषव कोइराला सबैभन्दा कम उरेका थिए ।

तपाईको प्रतिक्रिया