इटहरी/राष्ट्रकै अग्रणी तथा प्रतिष्ठित पेशागत संगठनको रुपमा स्थापित निजिी तथा आवासीय विद्यालय अर्गनाइजेसशन नेपाल सुनसरीको १३ औं साधारणसभा इटहरस्थित व्याब्सन भवनमा सम्पन्न भएको छ ।
सुनसरी जिल्लाको शैक्षिक विकासमा निजी विद्यालयहरुको महत्वपूर्ण भूमिका रहादै आएको छ । शिक्षा क्षेत्रको विकासका लागि विभिन्न सरकारी, संघ संस्थाहरुसाग सुमधुर सम्बन्ध राखी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सिर्जना गर्दै निजी विद्यालयहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै आफ्ना सदस्य विद्यालयहरुलाई निरन्तर सहयोग पुर्याउदै असल सारथीको भूमिका निर्वाह गदै आएको छ ।
१३ औं साधारणसभाको समुद्घाटन सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्र दुलालले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहााले भन्नुभयो, गुणस्तरीय शिक्षामा निजी विद्यालयहरुले महत्वपूर्ण योगदान दिएका छन् । आÏना सदस्य विद्यालयहरुको हक, हित र संरक्षणका लागि प्याब्सनको गठन भएको र आज यो ७५ वटै जिल्लामा विस्तार भइसकेको छ । शिक्षाको स्तोन्त्तरीका ला िगसरकारले नीति तथा सामुदायिक विद्यालयका बीचमा कुनै विभेद नगरेको पनि उहााले प्रष्ट पार्नुभयो , यसैगरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले निजी विद्यालयहरुको छाता संगठन प्याब्सन अन्य संघ संगठनको तुलनामा अनुशासित, मर्यादित र व्यवपस्थति ढंगले चलेको प्रष्ट पार्दै गुणस्तरीय शिक्षामा अझ जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्याब्सन सुनसरी सचिव जीवप्रसाद गुरागाइाले प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, जिल्लामा प्याब्सनको कामलाई सहज बनाउन ७ क्षेत्रमा विभाजन गरिएको छ । सात क्ष्इोत्रमा धरान, इटहरी, तरहरा, दुहवी, झुम्का र ग्रामीण क्षेत्र रहेका छन् । हालसम्म प्याब्सन सुनसरीमा आवद्ध विद्यालयको संख्या १ सय ८० रहेको छ । जसमा उच्च मावि १८, मावि ८३, निमावि र प्रावि ६९ वटा छन् । यी विद्यालयमा अध्ययन गने विद्यार्थीको संख्या ६३ हजार रहेका छन् भने २ हजार १ सय शिक्षक शिक्षितिकाले रोजगारी पाएका छन् । कार्यक्रममा समाजसेवामा सक्रिय रामकुमार राजधामी, फौदसिंह थापा, निर्मला राई, रामप्रसाद राई, विष्णु भट्टराई, गणेश विररही (सुब्बा) र शिक्षातर्फ योगदान गर्नुहुने होमनाथ वास्तोला, श्री निवास, सुनिल चौधरी, मायाा श्रेष्ठ, ज्योति भट्टराई, गोपीराज उपाध्याय, गीता बराललाई सम्मान गरिएको थियो ।
