कर्ण लिम्बुको ह्याट्रिकको मद्धतमा झापा ११ ले राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा झापाले जगदम्बा लुम्बिनी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान रुपन्देहीमा भएको खेलमा लुम्बनीले अग्रता लिएको थियो । ४३ औं मिनेटमा पुकार गहतराजको पेनाल्टी गोलको मदतमा लुम्बनीले अग्रताले अग्रता लिएको थियो । तर, झापाले उत्कृष्ट कमब्याक गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा कर्णले बराबरी गोल फर्काए । ७२ औं मिनेटमा पेनल्टीमार्फत दोस्रो गोल गर्दै झापालाई अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा गोल गर्दै कर्णले राष्ट्रिय लिगमा पहिलो हृयाट्रिक पुरा गर्दै झापालाई ३–१ को जित दिलाए
