धरान । नेपालीकांग्रेसले धरानको वडा नं. ८ स्थित श्रीटोलमा संगठन विस्तार गरेको छ । टोल समिति गठनका संयोजक रामतामाङको अध्यक्षतातथा क्षेत्रीय सभापति सुजेन्द्र तामाङको प्रमुखआतिथ्यमाभएको भेलाले टोल समिति गठन गरेको हो ।

क्षेत्रीय सभापतितामाङले भेलालाई संवोधनगर्दै फाराम भरेका भूमिहीन र अव्यवस्थितबसोवास गर्ने सबैले जग्गापाउने सुनिश्चततागर्न माग गरे । उनले पार्टी संगठनलाई मजबुद र गतिशीलबनाउन वडावडामा संगठन सशक्तिकरण र सुदृढिकरण अभियान सञ्चालन भइरहेको र यथाशक्य प्रशिक्षणको कार्यक्रमपनिगरिने बताउंदै टोल समिति र वडा समितिलाई राजनीतिकएवम् सामाजिककार्यहरु जनमुखि ढंगले गर्न आग्रह गरे । विशेष अतिथिएवम् नगर प्रमुखतिलक राईले भूमिहीन र अव्यवस्थितबसोबास गर्नेहरुलाई भूमिउपलब्ध गराउनफाराम भरी लगत संकलनगर्ने कार्य सम्पन्नभएको बताए । उनले टोल समिति गठनले पार्टी नेतृत्वलाई थप उर्जा प्राप्तभएको बताउंदै सबैले असल काम गर्नुपर्नेमा जोड दिए ।
धरान ८ को श्रीटोलमा भएको भेलाले सरिता विश्वकर्मा (तामाङ) को सभापतित्वमा ३७ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपसभापतिमा खुमकुमारी लिम्वु, सचिवमा रेनुका राई, कोषाध्यक्षमा गौरा विष्ट र सदस्यहरुमा तिर्सना रोक्का, देवी राजधामी, विष्णुमाया कटवाल, राजकुमारी थापा, रामकुमार प्रधान, दिलिपदत्त, नमिता राई, चन्द्रबहादुर दर्जी, जय नारायण शर्मा, राते विश्वकर्मा, मनका दाहाल पराजुली, उमा कार्की, पृथ्वी राजधामी, सुकमाया राई, दिलमाया परियार, उर्मिला श्रेष्ठ, पवित्रा दाहाल, गौरामाया कार्की, हिमकुमारी लिम्वु, भुवन गहतराज, कृष्ण परियार, पन्नालाल विश्वकर्मा, सुर्य विश्वकर्मा, ओमबहादुर विश्वकर्मा, लक्ष्मी राई, बन्दना मगर, इन्दिरा बस्नेत, रन्जित मगर, सुनिता विश्वकर्मा, लोकेन्द्र खतिवडा, मनु शाह र मिना मगर रहेको छ ।
भेलामा प्रमुख अतिथि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, विशेष अतिथि महासमिति सदस्य एवम् नगर प्रमुखतिलक राई, क्षेत्रीय सदस्य उमेश पौडेल, नगर सचिव जितेन्द्र राई, वडा उपसभापति पासाङ डोल्मा गुरुङ, सुनिपा मिश्रलगायतले मन्तव्य राखेका थिए ।
