धरान । डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा आइतवार देखि सुरु भएको दोस्रो अशोक स्मृति बास्केटवलको दोस्रो दिनको खेलमा हाम्रो कलेक्सन, विर्तामोड, होराइजन र व्रदस टिम विजयी भएका छन । सोमवार भएको खेलमा हाम्रो कलेक्सनले आयोजक डायनामिकलाई ४७–३५, विर्तामोडले वेलवारीलाई ५०–४३, होराइजनले युवा जागृतिलाई ५४–३४ र व्रदसले मिराकललाई ५२–३२ अंकको अन्तरले पराजित गरेका थिए । दोस्रो दिनको पहिलो खेलमा हाम्रो कलेक्सनले र डायनामिकले प्रत्येक क्वाटरमा २०–२,१७–८,६–८ र ९–१७ र दोस्रो खेलमा विर्तामोड र वेलवारीले १२–१६, ३–१०, १९–८ र १६–९ अंक जोडेका थिए । त्यसैगरी तेस्रो खेलमा होराइजन र युवा जागृतिले १३–५, ५–१४, २२–४ र १४–११ र चौथो खेलमा व्रदस र मिराकलले १०–१२,१७–५, ८–२ र १७–१४ अंक जोडेका थिए । पहिलो खेलमा हाम्रो कलेक्सनका सन्दिप श्रेष्ठले १२, विर्तामोडका मौसम क्षेत्रीले २०, तेस्रो खेलमा सुदिप राईले २१ र चौथो खेलमा व्रदसका सव्रो राईले १३ अंक व्यक्तिगत जोडेका थिए ।

लिगकम नकआउटमा संपन्न हुने प्रतियोगिताको तेस्रो दिन मंगलवार व्रदस र वेलवारी, विर्तामोड र तरहरा, आयोजक डायनामिक र होराइजन र यलम्वर र हाम्रो कलेक्सन विच प्रतिश्पर्धा भइरहेको छ ।
प्रतियोगिता पुर्व राष्ट्रिय बास्केटवल खेलाडि रवि वास्फोरका दिवंगत वुवा असोक वास्फोरको स्मृतिमा आयोजना गरिएका हुन । फागुन १४ सम्म सम्पन्न हुने प्रतियोगितामा
धरान , तरहरा, झापा र वेलवारीका गरी दश टिमले सहभागिता जनाएका छन । सहभागी टिमहरु आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी , तरहरा र झापा रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद पच्पन्न हजार ५ सय ५५ रुपैया, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडिले नगद ४ हजार, बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको फाइनल खेलको दिन २.० थी्र पोइन्ट कम्पिटिसन समेत सम्पन्न हुनेछ । थी्र पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगकम नकआउटको आधारमा संपन्न हुने प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको संपुर्ण खेल विपी प्रतिष्ठानको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।
