दुर्गम गाउका स्थानीयहरुमा अझै स्वास्थ्यको पहुच पुगेन

धरान । दुर्गम पहाडी जिल्लामा स्वाथ्यको पहुच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । मुलुकमा राणा शासन, पञ्चायती व्यवस्था तथा संवैधानिक राजतन्त्रको अन्त्य भई संघीय गणतान्त्रिक मुलुक भइसक्दा पनि दुर्गम गाउमा बसोबास गर्नेहरुले अहिलेसम्म त्यसको महसुस गर्न पाएका छैनन् ।
महालक्ष्मी गाउ पालिका वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि सोही वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउमा अस्पतालसम्म ल्याउन गाउलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा
राम्रो चिकित्सक र औषधी नभएका कारण अन्त्यमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान नै ल्याउनुप¥यो । हेमकर्ण भन्नुहुन्छ(‘सबै कुरा ठीक छ तर विरामी हुँदा हामीलाई अत्यन्तै समस्या हुन्छ, राम्रो उपचार गर्ने अस्पताल यहा नहुदा धरान वा विराटनगर पुग्नुपर्ने अवस्था हुन्छ, जसले गर्दा ज्यान जोखिममा हुन्छ ।’


पूजा मात्र हैन यस नगरपालिकाका सर्वसाधारणको सबैको हविगत उस्तै रहेको छ । सरकारले पूर्वाधार विकास नगरीकन नै भटाभट नगरपालिका घोषणा गरे पनि सर्वसाधारणले
राज्यबाट पाउने सुविधा अझ सम्म पाउन सकेका छैनन् । धरानदेखि १ सय ५० किमीको दूरीमा धनकुटाको लेगुवा पुगेपछि त्यस स्थानमा पुग्न ८ घण्टाभन्दा बढी दूरी पैदलै हिड्नुपर्ने बाध्यता रहेको छ । संखुवासभाको मुढे शनिवश्चरे हुदै धनकुटाको डाडागाउ चानुवा यात्रुबाहक बस दिनमा एक पटक मात्र जाने गर्दछ । पातलो सडक आवातवातका कारण विरामी पर्दा चानुवा अस्पतालमा सामान्य उपचार बाहेक केही नहुने अस्पतालका कार्यरत अहेब मीना अधिकारी बताउनुहुन्छ् । उहा भन्नुहुन्छ (‘सरकारले निःशुल्क दिने औषधि सीमित पर्याप्त नआउने र विशिष्ट चिकित्सक नहुदा गम्भी प्रकृतिका विरामी हामी धरान वा विराटनगरका अस्पतालमै पठाइदिन्छौ ।’
महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भरत चापागाई सेवासुविधाका अभावकै कारण यहा धेरैले ज्यान गुमाउनुपरेको बताउछन् । उनले यहाको अस्पतालमा सामान्य ज्वरो खोकीबाहेक अन्य सामान्य उपचार हुने भएकोले गम्भीर प्रकृतिका
विरामीहरु धरान तथा विराटनगरमै पु¥याउनुपर्ने बाध्यता भएको बताउनुभयो । उहाले स्थानीय स्तरबाट सर्वसाधारणलाई सुविधा भएपनि विरामी पर्दाचाहि यहा गाह्रो छ ।’

तपाईको प्रतिक्रिया