माणिक चन्द सुराना
जैन स्वेतम्बर तेरापंथ धर्मसम्प्रदायको ११ औं गुरुदेव आचार्य महाश्रमण ज्यूको अहिंसा यात्रा नेपालको वीरगञ्जमा भव्य प्रवेश गरेको छ । ९ नोभेम्बर १९९४ का दिन भारतको राजधानी दिल्लीबाट प्रारम्भ भएको पैदल अहिंसा यात्रा ग्वालियर, कानुपुर, बनारास आदि सहरहरु स्पर्श गर्दै ३१ मार्च २०१२ का दिन नेपालमा प्रवेश गरेको हो । वीरगञ्ज प्रवेशका बखत शंकाराचार्य द्वारमा उपप्रधनमन्त्री प्रकाशमान सिंहले स्वागतको आरतीको थाल लिई आचार्य श्रीको विशाल जनसमूहको बीच भव्य स्वागत गर्नुभयो । वीरगञ्जको आदर्श नगरमा नागरिक अभिनन्दन गदै उपप्रधानमन्त्रीले गुरुदेवद्वारा प्रतिपादित तीन संकल्प–सद्भावना, नैतिकताको अभ्यास एवम् नशामुक्त जीवन जीउने ब्रत स्वीकार गर्नुभयो ।
२ अप्रिल २०१५ का दिन भगवान महावीरको जन्म जयन्तिको भव्य आयोजना गरियो जसमा, मुख्य अतिथिको रुपमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थिति रहेको थियो । राष्ट्रपतिले आचार्य श्री महाश्रमणज्यूले अहिंसा यात्रा नेपाल लिएर आउनु भएकोमा आभार प्रकट गर्नुभयो र साथै उहााले भन्नुभयो, यो समय नेपालमा सविधानको निर्माण भई राखेको छ र यस्तो समयमा तपाइको अहिंसा यात्राका साथ पर्दाापण गर्नु अत्यन्त महत्वपूर्ण छ । नेपाल शान्तिपिय देश हो र तपाईको शुभ आगमनले देशमा शान्ति अभिवृद्धि हुनेछ, म यस्तो ठान्दछु । कार्यक्रम पश्चात राष्ट्रपति यादवले आचार्य महाश्रमण ज्यूसाग कुराकानी गर्नुभयो र आर्शीवाद ग्रहण गर्नुभयो ।
आचार्य श्री महाश्रमण ज्यको अहिंसा यात्रा करिब १० हजार किलोमिटरको हुनेछ । यो यात्रा भारतको १६ राज्य, नेपाल, भुटानमा प्रवेश गर्ने छ । आचार्यको श्री को यो पैदलले आहिंसा यात्रा जन जनमा हिंसाको अलख जगाउदै २१ अप्रिल २०१५ का दिन नेपालको राजधानी काठमाण्डौ पुग्ने कार्यक्रम रहेको छ । काठमाण्डौमा २० मइसम्मको प्रवास रहने छ र त्यसलपछि धरान हुादै विरााटनगरमा ४ महिनाको चार्तुमासको कार्यक्रम रहेको छ । यस्तो महातपस्वी आचार्यको स्वागत सबैले उत्साहपूर्वक गरौं । यसै शिलसिलामा आचार्य महाश्रमणज्यूकी विदुषी शिष्या समणी निर्देशिका सम्बोधन प्रज्ञा ज्यू तथा सहयोगी समणी गुरु प्रज्ञा ज्यू ३ अफिलदेखि धरान पाल्नु भएको छ । धरानमा उहाको प्रवास १९ अप्रिल सम्म हरने र प्रवासकालमा गुरुदेवको धरान आगमनका लागि आवश्यक निर्देशन तथा श्रवक समाजलाई प्रवचनको कार्यक्रहरु गरिराख्नु भएको छ ।
