साझा बारमा प्रतातान्त्रिकको नेतृत्व

इनरुवा । जिल्ला अदालत सुनसरीमा रहेका कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एसोसिएसनको नेपाल डेमोक्रेटिक लयर एसोसिएनका अधिवक्ता अग्नीप्रसाद भट्टरार्ईको अध्यक्षमा आगामी नेतृत्व चयन भएको छ ।


साझा वारको १३ सदस्यीय कार्यसमितिमा डेमोक्रेटिक लयर एसोसिएसनका तर्फबाट कोषाध्यक्षमा पंचदेव मेहता, सदस्यमा पर्शुराम अधिकारी, सौदगर साहु, राजेन्द्र
कोइराला चयन हुनुभएको छ भने गणान्त्रिक कानुन व्यवसायी एसोसिएसनबाट उपाध्यक्षमा कर्णबहादुर दर्शन राई, समाजवादी कानुन व्यवसायी एसोसिएसनबाट सदस्य बसन्त सुवेदी, प्रगतिशील कानुन व्यवसायी एसोसिएसनबाट सचिवमा वीरेन्द गौतम, सह सचिवमा मिना काफ्ले रहनु भएको छ । यसैगरी अन्य ५ जना सदस्यहरु सबैको प्रतिनिधित्व होस् भन्ने हेतुले एनपिएलए (नेपाल प्रगतिशील लयर एसोसिएसन) लाई जिम्मा दिएको अधिवक्ता मणिराज दुलालले बताउनुभयो । सुनसरीमा यतिबेला आधा दर्जन राजनैतिक दल निकट कानुन व्यवसायीहरुको संघ संगठन रहेका छन् । साझा वार नेतृतवका लागि २०७६ मंसिर ८ गते नेपाल डेमोक्रेटिक लयर एसोसिएसन र प्रगतिशील लयर एसोसिएसनका बीचमा भएको सहमति अनुसार यस पटकको साझा वारको नेतृत्व प्रजातान्त्रिक खेमाले पाएको हो । साझा वारको सुनसरी जिल्ला कार्यसमिति चयनसँगै १२ जना पार्षदको समेत चयन भएको दुलालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया