फेरि जल्यो तेह्रथुम

धरान । तेह्रथु्मको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार आगलागी भएको छ । म्याङलुङ बजारको बीचमा रहेको सिंहवाहिनी मन्दिरसँगै टाँसिएको घरबाट आगो लाग्न शुरु भएको हो ।
सिंहवाहिनी मन्दिर म्याङलुङ बजारको बीच भागमा रहेको छ । जिल्ला प्रहरी कार्यालय म्याङलुङले दिएको जानकारी अुनसार बजारको बीच भागबाटै आगो लाग्न शुरु भएको छ । मंगलबार अपरान्हसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी, सेना समेत जुटेको छ । तेह्रथुम म्याङलुङ नगरपालिकाको दमकल धनकुटाबाट गएको दमकल पनि आगो नियन्त्रणमा जुटे पनि आगो फैलन रोकिएको छैन ।


वि.सं. २०६० सालमा म्याङलुङ बजारमा आगलागी हुँदा बजारका सम्पूर्ण घरहरु जलेर ध्वस्त भएका थिए । आगलागीकै कारण कैयौ परिवारहरु विस्थापित समेत भएका थिए । त्यसबेला नेपालका कुनै पनि राजनीतिक दलहरुले म्याङलुङ बजार पुननिर्माणमा सामान्य चासो समेत देखाएनन् । राजा ज्ञानेन्द्र शाह आफै जलेर ध्वस्त भएको म्याङलुङ बजार पुगी पीडितको घर पुननिर्माणमा सहयोग गर्नुभएको थियो । आगलागीबाट ठूलो क्षति हुने देखिएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया