बीपीमा बेथिति बढेको भन्दै साम्पाङले दिए धर्ना

धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा रहेकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको वेथिति अन्त्यको माग गर्दै धरानका सामाजिक अभियन्ता हर्क सम्पाङको समुहले प्रतिष्ठानमा धर्ना दिएका छन् ।
विसुद्ध स्वाथ्य संस्थाभित्र हुने राजनीति, भ्रष्टाचार, वेथितिका विषय व्यापक रुपमा बाहिरिदा पनि सम्बन्धित पक्षको ध्यान नगएको भन्दै प्रतिष्ठानभित्र भएका यस्ता क्रियाकलाप चाडो भन्दा चाडो समाधान हुनुपर्ने माग समेत उनीहरुले गरेका छन् ।


सामाजिक अभियन्ता साम्पाङले प्रतिष्ठानभित्र हुने गरेका राजनीतिक भागबण्डा, भ्रष्टाचार तथा वेथिति चाडो भन्दा चाडो समाधान हुनुपर्ने माग राखे । उनले प्रतिष्ठानभित्र राजनीति नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्नुपर्नेमा जोड दिए । उनले भने–‘जनताको स्वास्थ्यसंग सरोकार राख्ने बीपी प्रतिष्ठानमा गुणस्तरीय शिक्षा, स्वास्थ्यको लागि लागि पर्ने कोही भएनन्, खाली राजनीतिक हस्तक्षेप गरेर पद हत्याउने कामबाहेक केही भएन ।’
विगतदेखि नै धरान समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आएका साम्पाङले प्रतिष्ठानभित्र हुने गरेका राजनीति, भ्रष्टाचार र वेथितिका कारण प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गएको र यसले सर्वसाधारणहरुको उपचार सेवा प्रत्यक्ष प्रभावित भएको बताए ।
उनले भागवण्डा, पदाधिकारी हरुबीचमा नै गुट, उपगुटको कारण प्रतिष्ठान धरासायी हुदै गएको भन्दै संस्थाको हितमा एकजुट हुन र गुटबन्दी त्याग्न पनि माग गरे ।
प्रतिष्ठानमा पछिल्लो केही समयदेखि चार जना पदाधिकारीहरुले भ्रष्टाचार गरेको विषष चर्चाको विषय बनेको छ । भ्रष्टाचार गरेकै विषयलाई लिएर बीपीका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुल संयुक्त रुपमा सुद्धीकरण आन्दोलन चर्काइरहेका छन् । यस विषयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित छानविन समितिले पदाधिकारीले भ्रष्टाचार गरेको प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्था छ । उनीहरुलाई अहिले कामकारबाहीमा बन्देज लगाएसंगै नेपाल सरकारले प्रतिष्ठान सञ्चालन गर्ने भन्दै मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई पठाएपछि प्रतिष्ठानभित्र थप अन्यौलता छाएको छ । यस्तो अन्यौलता नराखी प्रतिष्ठान सहज रुपमा सञ्चालन गर्न चौतर्फी दबाब समेत आइरहको छ ।

तपाईको प्रतिक्रिया