घुम्न आउने पर्यटकका लागि बेतना सिमसार सर्वसाधारणको रोजाइमा

धरान । पछिल्लो समय मोरङको बेलबारी नगरपालिकाभित्र रहेको रमणीय वेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटको रोजाइमा पर्न थालेको छ ।
रमणीय स्थलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी दृश्यावलोकनसँगै तालमा बोटका मजा लिन पाउने भएकै कारण पछिल्लो समय बेलबारीको बेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटथकको रोजाइमा परेको हो ।
पूर्वको बलबारीमा रहेको पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास भएको बेलबारीको बेतना सिमसारको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्न थालेको छ ।
विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यसको विकास द्रुत गतिमा हुदै गएको छ ।


यहाँ नेपाल लगायत भारतका विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेको समितिले जनाएको छ । अन्य दिन १५देखि २० हजार सर्वसाधारण दृश्यावलोकनका लागि आउने गरे पनि शनिवारका दिन भने १ लाख पुग्ने सिमसार क्षेत्रका कर्मचारी कृष्ण राईले बताउनुभयो । उहाले विगतको तुलनामा अहिले वेतना सिमसार क्षेत्रमा घुम्न आउने सर्वसाधारण बढ्दै गएको बताउनुभयो ।
यता घुम्न आउने सर्वसाधारणले समेत बेतना सिमसार अत्यन्तै रमणीय भएको प्रतिक्रिया दिएका  छन् । रामेछापबाट बेतना सिमसार दृश्यावलोकनका लागि आउनु भएका सर्वसाधारणले वेतना अत्यन्तै
रमणीय स्थल भएको बताएका छन ।
स्वच्द्ध, सुन्दर पोखरीसहित मिनि चिडियाखानाको रुपमा विकास हुदै आएको बेतनाको क्षेत्रफल कुल १७४ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको समितिले जनाएको छ । यहा विभिन्न चराचुरुङ्गी हेर्न सकिनेमात्र हैन पोखरीमा रहेको बोटिङमा सर्वसाधारण झ्याम्निे गरेका छन् ।
यो सिमसारको संरक्षण र विकासका लागि ०७५ सालमा गुरुयोजना तयार भएको थियो । सिमसार संरक्षण, जैविक विविधताको संरक्षण र पुरातात्विक क्षेत्रको संरक्षण गर्ने वृहत योजनासहित २० वर्षे गुरुयोजनाको खाका तयार भएको थियो । बेतना सिमसार सामुदायिक वनले २०७४÷०७५ देखि ०९३÷०९४सम्मको लागि पर्यापर्यटन विकास मार्फत आर्थिक लाभ हासिल गर्ने लक्ष्य राखेको राखिएको थियो ।
सरकारले सिमसार क्षेत्रको संरक्षणसँगै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिए अनुसार स्थानीय सरकार समेत लागि परेको छ । यस्ता सिमसार क्षेत्रको संरक्षण गरेर पर्यटन भित्र्याउन सके बेतना सिमसारको भविष्य उज्जवल देखिएको त्यहाका स्थानीहरुको भनाई छ ।

 

तपाईको प्रतिक्रिया