धरान । हिन्दु वैधिक संस्कारभित्र पर्ने ब्रतबन्ध सामुहिक रुपमा गर्ने प्रचलन बढेसंगै नेपालबाटमात्र हैन भारतबाट समेत ब्रतबन्ध गर्न धरान १४ स्थित पिण्डेश्वर आउन थालेका छन् ।
धरानमा ब्राम्हण नेपाल धरान उपमहानगर समितिको आयोजनामा भएको सामुहिक ब्रतबन्धमा नेपालका विभिन्न जिल्ला तथा भारतको विहारबाट समेत ब्रतबन्धका लागि आएका थिए ।
खर्चमा मितव्यायी अपाउने तथा संस्कारलाई जीवन्तता दिनकै लागि समाजले २०६७ सालदेखि निरन्तर धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा सामुहिक ब्रतबन्धको शुरुवात गरेको थियो । वैधिक संस्कारभित्र पर्ने ब्रतबन्ध सहज र कम खर्चमा गर्न सकियोस् भन्ने उद्देश्यले नै प्रत्येक बर्ष सामुहिक रुपमा आयोजना गरिएको ब्राम्हण समाज नेपाल धरान उपमहानगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताउनुभयो ।

सामुहिक ब्रतबन्धमा तेह्रथुम, मोरङ, सुनसरी, झापा, धनकुटाका साथै भारतको विहारको फारविसगञ्जबाट गरी २१ जना सहभागि रहेका थिए । कम खर्चमा सामुहिक रुपमा ब्रतबन्ध गराउन पाएकैले छोराको ब्रतबन्ध धरान १४ विजयपुरमै गराएको भारतको फारविसगञ्जबाट आएका कृष्णबहादुर कार्कीले बताउनुभयो ।
नेपालकै प्रख्यात शिवको मन्दिर पिण्डेश्वरमा गरिएको सामुहिक ब्रतबन्धल कम खर्च लाग्ने मात्र हैन देवास्थलमा गरिएको व्रतबन्धको महत्व धेरै हुने भएकोले पनि छोराको ब्रतबन्ध सामुहिक रुपमा गरिएको धरानकी अम्बिका दवाडीले बताउनुभयो । समाजले एक जनाको व्रतबन्ध बराबर २ हजार १ सय रुपैया शुल्क तोकेको छ । ब्रतन्धमा लाग्ने सम्पूर्ण खर्च समाजले नै व्यहोरेको थियो भने अति विपन्न परिवारका पाच जनाको भने समाजले निःशुल्क वर्तबन्ध गरिदिएको थियो ।
जन्मेदेखि नमरुन्जेलसम्म गर्ने वैधिक कार्यक्रम भड्किलो र खर्चिलो बन्दै गएपछि संस्कारलाई कम खर्चमा सकियोस् भन्ने उद्देश्य राखेर प्रत्येक बर्ष गरिदै आएको ब्रतबन्धबाट हालसम्म करिब १ हजार भन्दा बढी लाभान्वित भइसकेको समाजको भनाई छ ।
त्र
