बीपीमा रगत अभाव

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै विभिन्न सघ संस्थाले रक्तदान कार्यक्रम गर्न नै छाडेकाका कारण रगत अभाव चुलिएको हो । रगत अभाव भएसँगै प्रतिष्ठानमा उपचारमा आएका विरामीहरु समस्यामा पर्ने गरेका छन् ।


रक्त सञ्चार केन्द्रमा अहिले ए पोजेटिभ र बी पोजेटिव ग्रुपको रगत शून्य प्राय रहेको र अन्य ग्रुपको रगत समेत कम भएको रक्त सञ्चार केन्द्रका कर्मचारी सुरश साहले बताउनुभयो ।
रगत अभाव भएकै कारण पछिल्लो सट्टाभर्ना गरेर विरामीका लागि उपलब्ध गराउदै आएको उहाको भनाई छ । उहाले आइतबार समेत ए पोजेटिव र बी पोजेटिव ग्रुपका दुई जना विरामीकालागि जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी धरान नगर कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन भएको रगत दिएर पठाएको बताउनुभयो ।
माओवादी पार्टीले जनयुद्ध दिवसको अवसरमा गरेको रक्तदानबाट १ सय १७ पिन्ट संकलन गरेको बताउदै उहाले थोरै भएपनि यसले केही विरामीलाई राहत पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया