स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता दियो

सुनसरी । पछिल्लो समय स्थानीय सरकारले खेलकुदलाई नगर विकासको एक अश मानेर खेलकुदका गतिविधिलाई चलायमान बनाउन थालेका छन ।
सुनसरीमा समेत स्थानीय स्तरबाट खेलकदका गतिविधिलाई स्थानीय सरकारले चलायमान बनाउन थालेका छन । स्थानीय स्तरबाट नै खेलकुको विकाससँगै राम्रा खेलाडी उत्पादन ने लक्ष्य स्थानीय सरकारको छ । यसै उद्देश्य अनुरुप स्थानीय सरकारले खेदकुदका गतिविधिलाई चलायमान बनाएको हो ।


यही लक्ष्य अनुस्प पछिल्लो समय सुनसरीको गढी गाउँपालिका स्थित गढी रंगशालामा दोश्रो डिजिटल गढी प्रिमियर क्रिकेट लिग फागुन २५ गतेदेखी संचालन हुने भएको छ ।
गढी प्रिमियर लिग खेल २०÷२० ओभरको प्रतियोगिता हुने आयोजकले जनाएको छ । डिजिटल आदर्श गढी निर्माण अभियानको आयोजनामा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक समितिका श्रवण यादवले जानकारी दिनुभयो । यादवका अनुसार प्रतियोगिता गढी रंगशाला, गढी गाउँपालिका २ औरावनीमा फागुन २५ गतेदेखी संचालन हुनेछ । प्रदेशका ६ टिमले सहभागिता जनाउने भएका छन् ।
हरेक टिमसँग एक आफसमा १÷१ वटा लिग खेल खेली ६ टिम मध्ये लिगमा पहिलो र दोश्रो हुने बिच फाइनल खेल खेलाइनेछ । प्रतियोगितामा सहभागीता ६ टिममा ३१ खेल हुनेछ । प्रतियोगितामा अनुमानित लागत ३५ लाख लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता चैत १० गते सम्म संचालन हुनेछ । अभियानले आइतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया