स्वर्णीम साहित्य पुरकारका लागि अक्षय कोषको स्थापना गर्न दर्जनौ सहयोगी हातहरु

धरान । बराहक्षेत्रका साहित्यिक अनुरागीहरुको सक्रियतामा स्थापित स्वर्णीम साहित्य समाज बराहक्षेत्रले स्थापना गरेको स्वर्णीम साहित्य पुरकार अक्षयकोषमा स्वदेश तथा वैदेशिक
रोजगारमा गएकाहरुले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।
पछिल्लो पटक स्वर्णीम साहित्य पुरस्कार तथा सम्मानको लागि स्थापना गरिएको अक्षय कोषमा वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहनु भएका बराहक्षेत्र ३ चीसापानी निवासी गेल्वु शेर्पाले ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । अक्षय कोषमा सहयोग गर्नुहुने साहित्यप्रेमी, साहित्यिक अनुरागीहरुलाई पोट्रेट (मुहार स्केच), फ्रेम सहित पुरस्कार स्वरुप स्वर्णीम साहित्य समाजले प्रदान गर्दै आएको छ । यसैगरी अक्षय कोषका लागि इटहरी उपमहानगरपालिका वडा नं. २ निवासी हाल वैदेशिक रोजगारीमा दक्षिण कोरियमा रहनु भएका टंक घिमिरेले ५ हजार, बराक्षेत्र ३ निवासी हाल वैदेशिक रोजगारीमा दुवईमा रहनु भएका गायक तथा वाद्यवाधक एभरग्रिन अर्जुनले ५ हजार अक्षय कोषका लागि प्रदान गर्नुभएको छ ।


हालसम्म स्वर्णीम साहित्य पुरस्कारका लागि गठन गरिएको अक्षय कोषमा २ लाख रकम जम्मा भइसकेको समाजमा अध्यक्ष पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वि.सं. २०६४ सालमा समाजको गठन भएपनि विविध कारणले भने जस्तो गरेर समाजलाई अगाडि बढाउन सकिएन । २०७७ सालदेखि समाजमा आवद्ध साथीहरुको सक्रियताले हाल समाजले गति लिएको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो गाउँमा बसेर काम गर्नु त्यसै पनि गाह«ो कुरा हो । हालसम्म स्वर्णीम साहित्य समाजले कतिजना श्रष्टाहरुलाई पुरस्कृत गरिसकेको छ त भन्ने जिज्ञासामा अधिकारीले भन्नुभयो हामीले अहिलेसम्म कसैलाई पुरस्कृत गरेका छैनौं । अक्षय कोषमा ५ लाख पु¥याएर मात्र श्रष्टाहरुको मूल्यांकन गरेर पुरस्कार वितरण गर्ने योजना पहिला बनाएका थियौ । तर अब ३ लाख अक्षय कोषमा जम्मा भएपछि हाम्रो अभियानलाई अगाडि बढाउने कार्य समितिले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया