धरान । धरान–विराटनगर सडक खण्डको दुहवीमा बसोबास गरिएको क्षेत्रलाई आधार मानी (Built up Area) हाल १६.४६ मिटर मात्र सडक चौडा गर्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा धरान–विराटनगर सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले त्यस्तो निर्णय गरेको हो । वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ ।

प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले दुहवी बजारलाई Built up Area अर्थात बसोबास क्षेत्र भन्दै सडक विस्तारमा अवरोध गर्दै आएका छन् । धरान–विराटनगर सडक आयोजनाले पौष २६ गते दुहवी नगरपालिकालाई पत्राचार गरी सडक किनारका घर टहरा हटाइदिन आग्रह गरेको थियो । यसै सम्बन्धमा
धरान–विराटनगगरसडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, Built up Area को सडक सीमा जति हो त्यतिमात्र हाललाई खाली गर्ने वैठकले सहमति गरेको छ । वि.सं. २०५४ सालमा राजपत्रमा सूचना प्रकाशित गरेरै सडक सीमा घटाइएको भन्दै शर्माले हाललाई सडक सीमा भन्दा बाहिर नजाने निर्णय भएको हो । दुहवीका स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वाेच्चले ३० मिटर खाली नगर्न आदेश दिएको छ । शर्माले भन्नुभयो सडकको सीमा घटाउने बढाउने अधिकार प्रमुख जिल्ला अधिकरी, आयोजना, स्थानीय निकायका पदाधिकरीलाई हुँदैन । हामीले त मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्नेमात्र हो । अब चाहिँ कुनै अवरोध नहोला नि भन्ने सवालमा आयोजना प्रमुख शर्माले भन्नुभयो विवाद नहुनुपर्ने हो । १६.४६ मिटर भित्र १७७ घर पर्छन् । कतिपय १६.४६ को मापदण्ड समेत मिचेर सडक चौडा च्यापेर टहरा बनाइएको पसल बाहिर निकालेर सामान राखेको देखिन्छ । त्यस्ता पेटीहरु पर्छन धेरै त कसैको नभत्किएला ।
