खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । सोमबार बिहान ७ बजे प्र.२०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी –९ सभाखोला नजिकै भएको थियो । ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु¥याएर सोमबार बिहान वीरगञ्रुज फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मृतक मग्रातीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
