इनरुवा । सुनसरी क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा कोशी गाउँ पालिकाका अध्यक्ष अयुव अन्सारीमाथि जनमत पार्टीका कायकर्ताहरुले अभद्र व्यवहार गर्दै उनी चढ्ने सरकारी गाडी तोडफोड भएको घट्नाप्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले भत्र्सना र खेद व्यक्त गरेको छ ।

नेपाली काँग्रेस सुनसरीले आइतबार एक विज्ञप्ती प्रकाशित गरी कार्यालयमा काम गरिरहेको अवथामा केही अवाञ्छित व्यक्तिहरु प्रवेश गरी विना कारण निहुँ खोजी कोरोना पीडितका सम्बन्धमा हाम्रा पार्टीका साथीहरुको नाममा किन राहत नदिएको, हामी जनमत पार्टीका कार्यकर्ता हौ, हामीलाई पीडित नभएपनि राहत चाहिन्छ भनेका थिए । प्रत्युत्तरमा अध्यक्ष अन्सारीले पीडित नभएकालाई राहत दिन मिल्दैन भन्नासाथ उनीहरुले हुल हुज्जत गरी पालिकाको अध्यक्ष चढ्ने को १ झ ५३९ नम्बरको सरकारी गाडी तोडफोड गर्नुका साथै अध्यक्ष अन्सारीमाथि गालीगलौज गरेकोमा नेपाली काँग्रेस सुनसरीको गम्भीर ध्यानाकषण भएको र उक्त कार्यको भत्र्सना गर्दै खेद व्यक्त गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ त्यस्ता अराजक कार्य गर्नेलाई प्रशासनले तुरुन्त प्रक्राउ गरी कानुनी कार्वाही गरी क्षति भएको गाडीको क्षतिपूर्तिसमेत उपलब्ध गराउन माग गरेको छ । विज्ञप्तीमा आफ्ना माग पूरा नभए नेपाली काँग्रेस कडा रुपमा प्रस्तुत हुने समेत जनाइएको छ ।
