भागबण्डाका लागि मन्त्रालय फुटाउँदै

विराटनगर÷पाँच दलीय गठबन्धनको सरकारमा सहभागीहरुलाई भागबण्डा पु¥याउन प्रदेश नं. १ मा सात मन्त्रालय फुटाएर १२ पु¥याउने निर्णय भएको छ ।
मुलुकका लागि भार बनेको र जनताका लागि कुनै सरोकार नभएको संघीय संरचनाको पछिल्लो समय चौतर्फी तिब्र आलोचना भइरहेको अवस्थामा आइतबार बसेको पाँच दलीय गठबन्धनले भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाउने निर्णय गरेको हो । दलको संख्या ज्यादा र मन्त्रालयको संख्या कम भएपछि मुख्यमन्त्री राजेन्द्र राईले हालसम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । गठबन्धनभित्र मन्त्रीका आकांक्षीहरु धेरै भए, भागबण्डा मिलाउनकै लागि भएपनि मन्त्रालय फुटाउनुको विकल्प रहेन मुख्यमन्त्री राई निकट स्रोतले जनायो । उनका अनुसार भौतिक पूर्वाधार, कृषि तथा सहकारी, सामाजिक विकास, भूमि व्यवस्था र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउन पाँच दलीय गठबन्धन सहमत भएका छन् ।


यसैगरी प्रदेश नं. १ को आइतबार बसेको मन्त्रिपरिषद्ले प्रदेश राजधानीका भवन निर्माण गर्न जग्गाको व्यवस्थापनका लागि कानुन मन्त्री केदार कार्कीको संयोकत्वमा एक कार्यदल समेत गठन गरेको
छ । जसमा पाँचै दलका प्रदेशसभा साँसदहरु रहेका छन् । हालसम्म प्रदेश न. १ सरकारले अन्य निकायका भौतिक संरचनाहरु प्रयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया