धरान । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले विभिन्न कारणले शारीरिक अपांगता (विकलांग) भएका आफ्ना भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारलाई अति सुविधायुक्त ह्विल चियर वितरण गरेको छ ।
गत हप्ता अर्थात जनवरी २६ का दिन पेन्सन वितरण कार्यालयले आÏनै परिषरमा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भाइरसको संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै ७३ औं गणतन्त्र दिवस सम्पन्न गरेको हो ।

विगतका बर्षहरुमा झै यस पटकको गणतन्त्र दिवसको अवसरमा कार्यालय प्रमख तथा अफिस इन्चार्ज मेजर अभिषेक सिंह इसिएचएसका अफिस इन्चार्ज डा.मे. मुरली कृष्णले वीर शहीदहरुको स्मारकमा पुष्पहार सहित सलामी अर्पण गर्नुभएको थियो । त्यस भन्दा अगाडि मेजर अभिषेक सिंहले झण्डोतोलन गर्नुभएको थियो । धरानका युवा उद्योगी, भूतपूर्व सैनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नीे विभागका प्रमुख प्रा.डा. विक्रम श्रेष्ठ, दिल्ली पब्लिक स्कूलका प्रिन्सिपल पिके शंकरालिंघम लगायत सहभागिको बीचमा ७३ औं गणतन्त्र दिवसको केक श्रीमति सिंह र श्रीमति कृष्णले काट्नु भएको थियो । सो अवसरमा भारतीय सैनिकहरुको गतिविधि समेटिएको, नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकहरुलाई भारत सरकारले उपलब्ध गराउँदै आएका विभिन्न लोककल्याणकारी आयोजना लगायतका सामाग्री समेटिएको भूपू म्याग्जिनको प्रा.डा. विक्रम श्रेष्ठ, मेजर अभिषेक सिंह, मे. डा. मुरली कृष्णले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
सो अवसरमा विकलांग भूतपूर्व सैनिक तथा तिनका आश्रित ३२ जनालाइ ह्विलचियर वितरण गरिएको थियो । धनकुटा मोरङ सुनसरी, पाँचथर, झापा र उदयपुरमा बस्दै आएका यस्ता शारीरक अशक्तता भएकालाई डा. विक्रम श्रेष्ठ, डा. सन्दिप राना, मेजर अभिषेक सिंह, इसिएचएस अफिस इन्चार्ज मेजर डा. मुरली कृष्णले संयुक्त रुपमा ह्विलचियर वितरण गर्नुभएको थियो ।
