व्यवसायिक सुरक्षा दिन नसकेको भन्दै प्रहरीप्रति आक्रोस पेट्रोलियम व्यवसायीमाथि सांघातिक आक्रमण : अवस्था चिन्ताजनक

सन्तोष सिंह
जनकपुर । केही दिन अगाडि मात्र न्वारान गरिएको मधेश प्रदेशको राजधानी धनुषाको जनकपुरस्थित सञ्चालनको तयारी गर्दै गरेको एक पेट्रोलियम व्यवसायीमाथि आइतबार दिउँसो सांघातिक आक्रमण भएको छ ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ वीरेन्द नगरमा बन्दै गरेको धनुषा आयल स्टोर्शका मेनेजर नृपबहादुर राईमाथि सांघातिक आक्रमण भएको हो । हाल उनको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि बाहिर लैजान चिकित्सकहरुले सल्लाह दिएको बताइएको छ ।
राईमाथि सांघातिक आक्रमण भएपछि पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुर, जनकपुर उद्योग वाणिज्य संघले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी व्यवसायीलाई सुरक्षा दिन नसकेको भन्दै प्रहरीमाथि आक्रोस समेत पोखेका छन् । उनीहरुले आक्रमणमा संलग्नलाई पक्राउ गरी हँदैसम्मको कार्वाहीको माग समेत गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ जनकपुर उद्योग वाणिज्य संघको एसोसिएट सदस्य तथा जनकपुर पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्ष विशुनदेव शाहका छोरा विवेक शाह प्रोपाइटर रहेको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ धनुषा बजारमा धनुषा आयल स्टोर्स स्थापना गरी सञ्चालन गर्न गइरहेकोको अवस्थामा आइतबार दुई बजे मोटर साइकलमा सवार झण्डै १८÷२० जना गुण्डा प्रवृत्तिका व्यक्तिहरु धनुषा आयल स्टोर्शमा गैर कानुनी रुपमा प्रवेश गरी त्यहाँ कार्यरत मेनेजर नृपबहादुर राईलाई सांघातिक आक्रमण गरी घाइते बनाएको कारण हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेकोले घट्नाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ र महाचिव मनोजकुमार साहद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा अगाडि भनिएको छ नेपालको सविधान र प्रचलित नेपालको कानुनले व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु संवैधानिक मौलिक हक र नागरिक अधिकार रहेकोमा प्रचलित कानुन बमोजिम दर्ता गरी सञ्चालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान सञ्चालन हुन नदिने मनसाय राखी दिउँसै व्यापारिक प्रतिष्ठानमा गैर कानुनी रुपमा अपराधिहरु प्रवेश गरी कर्मचारीमाथि निर्घात कुटपिट गर्ने गरी भएको कार्यबाट कानूनी शासन व्यवस्थाको गम्भीर उल्लंघन भएको र शान्ति सुव्यवस्था कायम राख्न प्रहरी प्रशासन सक्षम नरहेको पमाणित हुन्छ । प्रहरीचौकी भन्दा २ सय मिटर मात्र दुरीमा रहेको व्यवसायिक प्रतिष्ठानमा दिउँसै क्षति पु¥याउने गरी अपराध हुने कार्यबाट हामी उद्योगी व्यवसायी निकै असुरक्षित महुस गरेको कारण सो घट्नाको निष्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाही गरी क्षतिपूतिर्, उपचार खर्च भराई शान्ति सुरक्षाको प्रत्याभूति कायम राख्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं ।
यसैगरी पेट्रोलियम डिलर्स एसासिएन जनकपुरले समेत विज्ञप्ती प्रकाशित गरी घट्नाको घोर भत्र्सना गरेको छ । एसोसिएनका अध्यक्ष विष्णुदेव साहद्वारा जारी विज्ञप्तीमा भनिएको छ आइतबार अपरान्ह २ बजे गणेशमान चारनाथ नगरपालिका वडा नं. १ स्थित निर्माणाधीन पेट्रोल पम्प धनुषा आयल स्टोर्श परिषरमा विजय हाथी, कमलेस साह, मिथिलेस साह लगायत २० जनाको समूह अपराधिक शैलीमा प्रवेश गरी उक्त पेट्रोल पम्पका प्रोपाटर विवेककुमार साह तथा मेनेजर पदमा कार्यरत कर्मचारीलाइ मरणासन्न हुने गरी आपराधिक शैलीमा कुटपिट गरिहँदा इलाका प्रहरी कायालय ढल्केवरमा समेत जानकारी गराउँदा समयमा प्रहरी नआएको र उक्त आपराधिक समूहलाई सघाउ पुग्ने कामको जति निन्दा गरेपनि कम हुन्छ । आपराधिक समूहलाई खोज तलास गरी यथाशीघ्र कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं । जारी विज्ञप्तीमा भनिएको छ
अपराधीहरुमाथि अविलम्ब कार्वाही नभएमा धनुषा जिल्लाको पेट्रोल पम्प व्यवसायी यथाशीघ्र आन्दोलनमा गई व्यापार व्यवसाय समेत बन्द गर्न बाध्य हुने छौ भन्ने कुरा विज्ञप्तीमार्फत जानकारी गराउदछौं । उक्त अपराधिक घट्नाको पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुर घोर भत्सर्ना गर्नुका साथै सो घट्ना घटाउने आपराधिक समूहलाई कानुन बमोजिम कडा कार्वाही गर्न माग गदछौं विज्ञप्तीमा जनाइएको छ ।
पेट्रोलियम व्यवसायीमाथि भएको आक्रमणको अन्य क्षेत्रका व्यवसायी, पेशागत सघ, संगठन, नागरिक समाज, राजनैतिक दलहरुले पनि घोर नित्दा र भत्र्सना गरेका छन् । घटनामा संलग्नहरुको हुलिया, नाम र ठेगानासहित प्रहरीमा प्रट्रोलियम डिलर्स एसोसिएनले उजुरी गरेपनि प्रहरीले हालसम्म कसैलाई प्रक्राउ गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया