धरान । पछिल्लो समय स्थानीय निकायको चरम वेवास्ताका कारण दैनिक उपभोग्य वस्तुको कृत्रिम मूल्य बृद्धि, ओमिक्रोनबाट जनस्वास्थ्यमा परेको असरका बीच बजारमा स्वास्थ्य सामाग्रीहरुमा देखिएको अभावलाई ध्यानमा राखी नेपाल नागरिक समाजले सोमबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराउदै बजार अनुगमनलाई तिब्रता दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
नेपाल नागरिक समाजको कार्यवाहक अध्यक्ष दिवस पोख्रेल, प्रमुख सल्लाहकार किशोर राई, सचिव उद्धव अधिकारीले धरान उमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञानपत्र बुझाएको हो ।

सो अवसरमा समाजका कोषाध्यक्ष हिमप्रसाद ओझा, सहसचिव लोकराज निरौला, सदस्यहरु माधव वास्तोला, बलराम भट्टराई, गणेश पौड्याल, गंगाप्रसाद रेग्मी, चन्द्रकुमार नेपाल, ममता पौड्याल, कमल शंकर नेपाल, अरुणा पाखेल, निलकुमारी गिरी थापा, इन्द्रादेवी लामा, सल्लाहकारहरु उर्मिला प्रधान, सरिता लिम्बु, कृष्ण अधिकारी, प्रेमप्रसाद पौड्याल, इन्द्रनाथ वास्तोला, अग्रज व्यक्तित्व विश्वराज भण्डारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
समाजद्वारा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको सक्रमणको समयमा जनताको स्वस्थ्यमा असर परिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य, खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृत्रिम अभावको सिर्जना गरी आफूखुशी मूल्यबृद्धि गरिरहेको अवस्थामा आम मानिसको जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ । यस्तो महामारीमा जनताले अझ सहज र सुलभ तरिकाले दैनिक उपभोग्य समाग्रीहरु पाउनुपर्नेमा अझ अभाव, मूल्यबृद्धिले उपभोक्ता मारमा परकोले
सरकोकारवाला निकायको संलग्नतामा चाडो भन्दा चाँडो स्थानीय सरकारको तर्फबाट धरान उपमहानगरपालिकाले बजार अनगुमन गरी उपभोक्ताहरुलाई सहज बनाउन अुनरोध गरिएको छ ।
