धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन हुन थालको छ ।
प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सासाइटीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा सबै गु्रपको रगत अभाव भएसंगै प्रतिष्ठानमा अति आकस्मिक शल्यक्रिया समेत हुन सकेको छैन ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका कारण रक्तदान गर्ने संघ संस्थाले समेत रक्तदान गर्न छाडेपछि प्रतिष्ठानमा रगत अभाव चुलिएको रक्तसञ्चार केन्द्रका इन्चार्ज सुवास सिंहले बताउनुभयो ।
उहाँका अनुसार सहज अवस्थामा महिनामा विभिन्न संघसंस्थाले १५ पटक भन्दा बढी रक्तदान कार्यक्रमको आयोजना गरे पनि कोरोनकै कारण अहिले मुस्किलले दुईवटा रक्तदान कार्यक्रम भएको बताउनुभयो । उहाले रगत अभाव हुदै गएपछि अहिले प्रतिष्ठानमा आउने विरामी मारमा परेको बताउनुभयो । उहाले भन्नुभयो, यो अवस्थामा अब सबैले भौतिक दूरी पालना गरेर भएपनि
रक्तदान गर्नबाहेक अर्को विकल्प छैन । अहिले बीपीमा कोरोना पोजेटिवको संख्या बढदै गएको अवस्थामा रगतको आवश्यकता बढी भन्दा बढी भएको बताउनुभयो । उहाले सबै संघ संस्थालाई रक्तदान गर्न आग्रह समेत गर्नुभयो ।
