धरान । नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति एवम् युवा नेता किशोर राईले धरान वडा नं. १७ कमिटीलाई शहीद दिवसको अवसरमा आइतबार आवश्यक समाग्रीहरु प्रदान गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा नेपाली काँग्रेस वडा नं १७ कमिटीद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा राईले Ïलेक्स प्रिन्ट गरिएको कार्य समितिको बोर्ड, डायरी, डटपेन वडा सभापति सुरज कार्कीलाई प्रदान गर्नुभएको थियो । यसका अलावा सर्दु कटानबाट पीडितहरुलाई राहत मिलोस् भन्ने हेतुले बाढी पहिरो नियन्त्रणका लागि १० थान तारजाली समेत अध्यक्ष कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्थानीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसको संगठनलाई चुस्त र मजबुत बनाउन सम्पूर्ण कार्यकर्ताहरुलाई राईले आग्रह समेत गर्नुभएको थियो । नेपाली काँग्रेसको अबको मिसन स्थानीय, प्रदेश र प्रतिनिधिसभामा आफ्नो उमेद्वारलाई जिताउनु रहेको भन्दै राईले त्यसका लागि सबैको सक्रियता आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । सो अवसरमा नेपाली काँग्रेस प्रदेश सदस्य गणेश परियार, नेपाली काँगेस जिल्ला कार्य समिति सुनसरीका स–सचिव गणेश सुब्बा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीकी सदस्य बिन्दु तिम्सिना राई, अनुपमा सुनुवार, दलित संघ जिल्ला कार्यसमितिका सचिव विजय अछामी, दलित संघ धरान नगर समितिकी सचिव कमला रुचाल। सुनसरी क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का उपसभापति डिल्लीशेर राई, नेपाली काँग्रेस धरान उपमहानर समिति सदस्य सुदिप उप्रति, शिला खड्का, धरान वडा नं २ का जनप्रतिनिधि धर्म तामाङ्ग लगायतको उपस्थिति रहेको थियो । नेपाली काँग्रेस वडा नं. १७ का वडासभापति सुरज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सूर्य सुनुवारले गर्नुभएको थियो ।
