धरान । ज्यामितीय अंकमा बढ्दै गएको कोभिड १९ परीक्षणका लागि भारतसँग सीमा जोडिएको भाण्टाबारी नाकामा सोमबारदेखि हेल्थ डेक्स राखिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्नेहरुमा संक्रमण परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको जनाइएको छ । नेपाल भारत खुल्ला सीमानाका कारण भाण्टाबारी नाकाबाटमात्र दैनिक हजारौको आवातजावत हुने गरेको छ । कोभिड १९ को तेस्रो लहर शुरु भएसँगै कोशी गाउँपालिका वडा नं. ८ भाण्टाबारीमा हेल्थ डेक्स राख्न स्थानीयहरुले माग गर्दै आएका थिए ।

कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले भने नेपाल भारत सीमानाको तीनकुनेमा हेल्थडेक्स राखिएको हो । सीमा नाका भएर निर्वाध आवतजावत बढ्न थालेपछि हेल्थ डेक्ससँगै सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने हाल सुनसरीका अन्य मुख्य नाकाहरुमा पनि हेल्थडेक्स राख्ने अयिभान चलाएका छौं । यहाँ स्मरणीय कुरा के छ भने प्रदेश नं. १ मा एकै दिन सोमबार कुल संक्रमित ३८८४ र मृत्यु १६१ जनाको भएको थियो ।
