धरान । नेपाल एकीकरणका दौरान पृथ्वीनारायण शाहले प्रयोग गरेका किल्ला, गढी, पदमार्गहरुको संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार गर्ने अयिभानमा नेपाली सेना जुटेको छ ।
नेपाली सेनाको पूर्वी कमाण्ड हिलेको सक्रियतासँगै निर्देशनमा प्रदेश नं. १ मा भएका गढी, किल्ला, पदमार्गहरुको संरक्षणले ऐतिहासिक संरचनाहरुको संरक्षणसँगै प्रचारप्रसार हुँदा त्यसले दीर्घकालीन महत्व दर्शाउने नेपाली सेना पूर्वी कमाण्डका प्रमुख एवम् जर्नेल सन्तोष ढकालले बताउनुभयो ।


नेपाली सेनाले यस्ता ऐतिहासिक महत्वका स्थलहरुको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसारको अभियानलाई वि.सं. २०७२ सालदेखि नै गर्दैै आएको छ । पूर्वी कमाण्ड प्रमुख जर्नेल ढकालले धरान साप्ताहिकसँगको सम्पर्कमा भन्नुभयो । नेपाली सेनाको पूर्व प्रधान सेनापति राजेन्द क्षेत्री रहँदाको अवस्थादेखि नै ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षणमा स्थानीय निकाय, स्थानीयबासी, प्रशासन, सबैको समन्वयमा नेपाली सेनाले अवार्नेसको काम गर्दै आएको हो । गौरव शमशेर जबरा प्रधानसेनापति भएको बेला खम्पाहरुको ऐतिहािसक दस्तावेज संरक्षणको काम भएको थियो उहाँले भन्नुभयो
राजेन्द्र क्षेत्रीको पालामा पृथ्वीनारायण शाहका ऐतिहासिक अभियान रिकोग्नाइज अभियान शुरु भएको हो । जर्नेल ढकालले भन्नुभयो पूर्णचन्द्र थापा प्रधान सेनापति रहँदा यो अभियानले थप गति लियो ।
पौष २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्तिको अवसरमा धनकुटास्थित साँघुरीगढीमा नेपाली सेना। प्रमुख जिल्ला अधिकरी, स्थनीय जनप्रतिनिधि, स्थानीयबासीहरु समेत पुगेर नेपाली झण्डा फहराएका थिए । त्यसबेला नेपाली सेनाले मार्चपास समेत गरेको थियो । त्यसभन्दा अगाडि उदयपुरको हतुवाढी, उदयपुरगढी, चौदण्डी गढी,संखुवासभाको हेदाङ्ग गढी, चैनपुर गढीमा समेत नेपाली सेनाको अगुवाइमा प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, स्थानीइबासी पुगेर गढीको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसारमा जुटेका थिए । पदेश न. १ मा हाल ६ वटा ऐतिहासिक गढीहरु रहेका छन् । पूर्व कमाण्ड प्रमुख जर्नेल सन्तोष ढकाल भन्नुहुन्छ ऐतिहासिक किल्ला गढी पदमार्गहरुको संरक्षण गर्नु आवश्यक छ । यसमा नेपाली सेना एक्लैले केही गर्न सक्दैन पब्लिक अवार्नेसनबाटै संरक्षण हुनुपर्छ । उहाँले भन्नुभयो जसरी आज सिन्धुली गढीको संरक्षण हुँदा बार्षिक हजारौ पर्यटकहरु उक्त स्थलको अवलोकनमा आउने गरेका छन । त्यसरी आउने पर्यटकहरु आन्तरिक र वाह्य दुवै हुने गरेका छन् । अर्कातफ नेपालको निशान झण्डा धनकुटामा रहेको छ । नेपाली सेनाका हरेक व्यक्ति एकपटक धनकुटा आउन लालायित हुन्छन् ।
वर्तमान समयमा कनेक्टीभिटी बढेको छ सञ्चारसँगै जताततै बाटोघाटोहरु छन् अव जात। खेमा वर्ग भन्ने नै रहेन । बर्दियाको मानिस आन्तरिक पर्यटकका रुपमा गोरखा आउँछन्, गोरखाका मानिस धनकुटा आउँछन् । यहाँका मानिस अन्यत्र जान्छन् । नेपालीहरुमा खुल्लापन बढेको छ । जर्नेल ढकाल भन्नुहुन्छ सैन्य दृष्टिले पनि प्रदेश नं. १ को आफ्नै महत्व छ । नेपाल सरकारले यसका लागि बजेट दिने कुरा पनि भएन । मोर फर्म लेस भन्ने कन्सेप्टले किल्ला, गढी,पदमार्गको संरक्षण, सम्बद्र्धन प्रचार प्रसारको कामलाई अगाडि बढाइएको हो जर्नेल ढकालले भन्नुभयो ।
