धरानरतीस दलीय मोर्चाले आफ्ना पूर्व घोषित २३ गते सम्मका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
सोमबार ३० दलीय मोर्चाको
सिंहदरबारस्थित एमाओवादीको संसदीय हलमा बसेको बैठकले २३ गते सम्मका आन्दोलन फिर्ता गर्ने निर्णय गरेको हो । मोर्चाका संयोजक प्रचण्डले २३ गते सम्ममा आन्दोलन फिर्ता लिन प्रस्ताव गरेपछि मोर्चामा सहभागी मधेशी दलका नेताहरुले असहमति जनाएका थिए । आन्दोलनले उचाई लिादै गरेको अवस्थामा आन्दोलन फिर्ता गर्न नहुने उनीहरुको जोड थियो । अन्ततस् २४, २५ र २६ गतेको देश व्यापी बन्दलाई भने सशक्त बनाउन तयारी गर्नुपरेको प्रचण्डको भनाईमा उनीहरु सहमति भएका थिए ।
मोर्चाले ११ गतेदेखि आन्दोलन गर्दै आएको थियो । प्रारम्भमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीका कार्यक्रममा कालो झmण्डा देखाउने, १५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्ने, १६ देखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालय
घेराउ, १९ गते आम हड्ताल र २०,२१, २२, २३ गते सरकारी कार्यालयमा घेराउसागै राजस्व असुलीमा बाधा पार्ने आन्दोलनको कार्यतालिका रहेको थियो ।
