लिम्बुवान पार्टीभित्र समायोजन टुंगियो

धरान/पूर्वमा छुट्टाछुट्टै गतिविधि गर्दै आएका पााचवटा लिम्बुवान पार्टीको एकीकरण पश्चात कार्यविभाजनको उत्पन्न अन्यौल अब भने समाप्त भएको छ ।
संघीय लिम्बुवान पार्टी नेपालको शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले समायोजनको घोषणा गरेको हो । पार्टीका जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष दिपक मेन्याङ्गबोको प्रमुख आतिथ्यमा भएको बैठकले २ सय १८ जनाको समायोजित कमिटी गठन गरेको छ ।
समायोजित कार्यसमितिमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, १४ उपाध्यक्ष, एक मुख्य सचिव, १२ सचिव, एक आर्थिक संयोजक र एक कोषाध्यक्ष
रहेका छन् । कार्यसमितिमा ६ जना सल्लाहकारसमेत रहेका छन् । नव घोषित जिल्लाका कार्यसमितिका पदाधिकारीहरुलाई विशेष अतिथि तथा पार्टीका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्ग, केन्द्रीय सचिव शान्त योङ्गहाङ्ग, केन्द्रीय सचिवालय सदस्य एवम् सुनसरी संस्थापक तथा संगठन प्रमुख गजेन्द्रमान चोङवाङ क्याक, केन्द्रीय सचिवालय सदस्य तथा सुनसरी इन्चार्ज भुपेन्द्रसुन्दर लावती, पार्टीका केन्द्रीय सचिवालय सदस्य भूपू डिएसपी कृष्णमान थेवे, पार्टर्ीका सचिवालय सदस्य स्वर्णिमहाङ्ग फोम्बो, के.स.सञ्जय राई र याक्खा स्वागत
परिषद्का केन्द्रीय उपाध्यक्ष सजन याक्खा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । नव घोषित पदाधिकारीहरुको सपथ ग्रहण बुधबार हुने अध्यक्ष अमर इजमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया