वडा सभापतिहरुद्वारा राईको भव्य स्वागत

धरान/एक बर्ष अगाडि पार्टी
परित्याग गर्नुभएका नेपाली कााग्रेस
सुनसरी क्षेत्र नं. १ का पूर्व सभापति एवम् महासमिति सदस्य विनोदकुमार राई पुन: पार्टीमै प्रवेश गर्नुभएपछि धरानका सम्पूर्ण वडा सभापतिहरुले संयुक्त रुपमा उहााको भव्य स्वागत गरेका छन् ।
युवा नेता विनोद कुमार राईको प्रवेश पार्टीमा ऊर्जा थपिएको, एक बर्ष अगाडि गुमाएको अभिभावक हामीले पुन: पाएका छौं भन्दै स्वागत कार्यक्रममा उपस्थित केन्द्रीय सदस्यदेखि वडा सभापतिहरुले खुशी व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै नेपाली कााग्रेसकी केन्द्रीय सदस्य मिना सुब्बाले विगत कोट्याउदै भन्नुभयो, सभासद हुनबाट मलाई चिप्ल्याइयो भने विनोदकुमार राईलाई हुत्याइयो । नेपाली कााग्रेसको संगठन बुथबाट शुरु हुने हो । हिजो कसले के गर्‍यो , कसो गर्‍यो भन्नेतिर हामी जानु हुादैन । भोलि देश संघीयतामा जान्छ त्यसबेला सबैले अवसर पाउने भएकोले संगठन मजबुत बनाउन केन्द्रित हुनुपर्ने सुब्बाको कथन थियो ।
नेपाली कााग्रेस परित्याग गरी संविधानसभाको दोस्रो निर्वाचताका संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभएका विनोदकुमार राई फागुन २८ गते कााग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक
समारोहमा पुन: प्रवेश गर्नुभएको थियो । आफ्नो पार्टी प्रवेशलाई लिएर वडा सभापतिहरुले गरेको स्वागत कार्यक्रममा बोल्दै युवा नेता विनोदकुमार राईले भन्नुभयो, म नेपाली कााग्रेसको राजनीतिमा अर्जुन बन्छु भनेर लागेको थिएा तर सबैको मायाले मलाई अर्जुन बन्न दिएन र मलाई कर्ण बनाइदिनु भयो । उहााले भन्नुभयो मैले नेपाली कााग्रेस परित्याग गरेकै थिइन, म एक बर्षे काजमा गएका थिए । उहााले अगाडि भन्नुभयो मेरो झगडा कोहीसाग पनि छैन, म पार्टीलाई सुदृढ र मजबुत बनाउन आएको हुाा । अब पार्टीभित्र ६० र ४० को मान्यताको अन्त्य हुनुपर्छ । पार्टी एकीकरण भइसकेपछि ६० र ४० को औचित्य रहादैन । उहााले भन्नुभयो म एउटा घोडा हुा दर्गुन दिनुस् । अहिले पनि मसाग दगुर्न सक्ने स्टामिना छ । म एक बर्षे काजगमा जाादा घोडामात्र थिए अब वाइपंखी घोडा बनेर आएको छु । हामी आज सोच र मनस्थितिका कारण कमजोर छौं, कार्यकर्ताहरुको विल्लीवाठ भएको अवस्था छ । उहााले अगाडि भन्नुभयो, सुनसरी क्षेत्र नं. १ का सभापति चन्द्रप्रसाद श्रेष्ठ एक स्थापित नेता हुनुहुन्छ, म उहाालाई सम्मान गर्छु ।
धरान वडा नं. ८ का वडा सभापति उत्तम राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रजातन्त्र सेनानी संघका केन्द्रीय प्रतिनिधि धिरजबहादुर श्रेष्ठ, नगर अध्यक्ष किशोर राई, वडा समितिका संयोजक गोविन्द बस्नेत, अनिल विक, जिल्ला सदस्य राम तामाङ्ग लगायतले आ–आÏनो धारणा राख्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया