अखिल भारतीय राष्ट्रिय कवि सम्मेलनमा ८ श्रष्टा पुरस्कृत

धरान । कला साहित्यको क्षेत्रमा समर्पित व्यक्तिलाई प्रदान गरिने भारत मध्यप्रदेशको सर्वाधिक प्रतिष्ठित पुरस्कार घोषणा गरिएको छ । भारतको ७३ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सोमबार उक्त पुरस्कार घोषणा गरिएको हो ।
प्रतिष्ठित कवि कलाकार, साहित्यकारहरुको हिजो अखिल भारतीय कवि सम्मेलनका अवसरमा साँझ ६ः३० बजे रविन्द्र भवनमा कवि सम्मेलनको आयोजना गरी पुरस्कृत गरिएको थियो । जसमा राष्ट्रिय कविर सम्मान, राष्ट्रिय मैथिलीशरण गुप्त सम्मान, राष्ट्रिय शरद जोशी सम्मान, राष्ट्रिय कवि प्रदीप सम्मान प्रदान गरिएको थियो ।


मध्यप्रदेशकी संँस्कृति, पर्यटन तथा अध्यात्ममन्त्री उषा ठाकुरले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आयोजित पुरस्कार वितरण समारोहमा त्यस्ता विभूषणबाट सन् २०१९, २०२०, र २०२१ का ८ जनालाई सम्मान गर्नुभएको थियो । जसमा सन् २०१९ को डा. विनय राजाराम, सन् २०२० को राष्ट्रिय कविर सम्मान मनोज श्रीवास्तव, सन् २०१९को शिवकुमारी तिवारी, २०२० को मैथली शरण गुप्त सम्मान डा. सच्चिदानन्द जोशी, सन् २०१९ को कैलाश मंडलेकर, सन २०२० राष्ट्रिय शरदाजोशी सम्मान डा. विनय मनोहर तिवारी, सन् २०१९ जाकिया मसहदी र सन् २०२० को राष्ट्रिय इकवाल सम्मान प्रोफेसर अलि हमद फतामी र सन् २०२१ को सत्यनारायण सत्तमलाई राष्ट्रिय कवि प्रदीप सम्मानले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया