कृषिमा नौलो प्रविधि : किटनाशक औषधिको साटो पासोको प्रयोग

धरान । तरकारी बालीमा कीरा मार्नका लागि धेरैले किटनाशक औषधिको प्रयोग गर्ने गर्छन् । यसले माटोको उर्वराशक्तिमा ¥हास ल्याउनुका साथै मानिसको स्वास्थ्यमा समेत असर गर्ने गर्दछ । तर धरान ४ का कृषक कृष्ण राई जो बसन्त टारलाई अग्र्यानिक गाउको रुपमा परिचय दिलाइसकेका छन् उहाले भने किटनाशक औषधिको साटो किरालाई पासो थापेरकिरा नियन्त्रण गर्ने गर्दछन् ।
वालीमा किरा लाग्न नदिने भन्दै किसानहरुले बिषादीको अत्याधिक प्रयोग गर्छन् । तर धरानका एक किसान भनेघरेलु विधिबाट बिषादीको विकल्पमा ‘किरालाई पासो’ थापेर नियन्त्रण गरिरहेका छन् ।


अग्र्यानिक खेतीबाट धरान ४ स्थित वसन्तटारलाई नमुना अग्र्यानिक गाउँको परिचय दिलाएका युवा कृषक कृष्ण राईले बिषादीको विकल्पमा घरेलु विधि पासो थापेर किराको नियन्त्रण गर्नुहुन्छ ् । उहाले आफ्नो ४२ कट्ठा जमिनको खेतीमा रासायनिक मल मत्र होइन, बिषादीलाई पनि निषेध गर्दै किरालाई पासो थाप्ने विधिबाट किरालाई नियन्त्रणमा लिने गरेको बताउनुभयो ।
किराहरुलाई आकर्षित गर्न उहाले आफ्नो बारीमा पहेलो रंग भएको प्लेटहरु झुण्डाएउनु भएको छ । कीरालाई पासो थाप्न प्रयोग हुने प्लेट खेर फालेको एक्स रेबाट आफैले तयार पार्नुभएको हो । उहाले पहेलो प्लेटमा पासो थाप्न सरस्युँको तेल वा तोरीको तेल प्रयोग गर्नुहुन्छ । घरेलु विधिको पासोको प्रयोगले विषादीको प्रयोगलाई निरुत्साहित गर्न सकिने राईको भनाईछ ।
उहाले शुरु गरेको यो पासो विधिलाई गाउँका अन्य किसानहरुले पनि अभ्यास गरेका छन् । रासायनिक मल लगायत अन्य विषादीहरुको प्रयोगलाई पुर्णरुपमा बन्द गराउँदै बसन्तटार गाउँलाई अग्र्यानिकसँगै बिषादीमुक्त गाउँ बनाउने अभियानमा जुटेका कृषक राईको यो नौलो विधि पनि उदाहरणी हुने कृषक राईको बुझाई छ ।

तपाईको प्रतिक्रिया