बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त किर्ते प्राध्यापक उपकुलपति गिरी मुद्धामा व्यस्त : डा. यादव आफ्नै समूहमा मस्त

धरान । विराटनगरस्थित विराट मेडिकल कलेजको व्यापार व्यवसायको विस्तार गर्ने नियतले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई करोडौ नजराना चढाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति पाएका किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई मन्त्रिपरिषद्ले काम गर्न रोक लगाएपछि सो विरुद्ध गिरीले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै
सरकालाई चुनौति दिएका छन् ।


आफ्नो कार्यकालमा प्रतिष्ठानभित्र ‘कमाउ खाउ समूह’ खडा गरेर उपकरण खरिद र भवन निर्माणबाट करोडौ कमिशन उठाउने कार्यमात्र गरेका उपकुलपति डा. गिरीले उठन्ती समूहमा रहेका राहुल मिश्र लगायतका शिक्षक कर्मचारीहरु आफ्नो दानापानी हरण हुने डरले गिरीलाई जसरी पनि अन्तरिम आदेश गराएर फिर्ता ल्याउने भन्दै धमाधम प्रतिष्ठान सप्लायर्सहरुसँग पैसा उठाउन यतिबेला मरिमेटेर लागेका छन् । डा. गिरीले तुरुन्त दुई करोड चाहियो भनेर थर्काएपछि कमाउ खाउ गिरोहका आमस्मिक वैठकले यो हर्कत शुरु ग¥यो, उपकरणको भुक्तानी भएकै छैन, कसरी अग्रिम कमिशन दिने ? मसँग ४० लाख मागिएको छ अब प्रतिष्ठानमा काम गर्न नसकिने भयो एक उपहरण सप्लायर्सले धरान साप्ताकिहकलाई भने ।
यादवको स्वागतमा गिरीका विश्वासपात्र
यसैबीच उपकुलपति डा. गिरीलाई मन्त्रालयले कार्य गर्न रोक लगाएपछि प्रतिष्ठान सुधार हेतु नेतृत्व सम्हाल्न आएका स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वागत गर्न सबैन्दा अगडि डा. विश्वनाथ यादव, डा. अशोक यादव, डा दिपक यादव, टेक्निसियन जितेन्द्र यादव, नर्सिङ शिक्षक उपेन्द्र यादव नतमस्तक भएको देखेर प्रतिष्ठानमा यतिबेला हाँसोको विषय भएको छ ।
डा.गिरी पदमा रहुन्ज्याल उनीबाट मलाई मार्र्न समूहकै घेराबन्दीमा डा.श्यामसुन्दर यादव परेको यो समूहको काम नै अरुको चरित्र हत्या गरेर आफ्नो फाइदा लिने हो प्रतिष्ठानको सामान्य प्रशासन शाखाका एक अधिकृतले भने । उनले भने यस्तो समूहको नियन्त्रणमा बस्ने हो भने डा. यादवका निम्ति पनि यो नै अन्तिम हप्ता हुन्छ । प्रतिष्ठानको ऐन नियमले उनलाई चिन्दैन, यो समहको फाइदामा कुनै काम गर्न उनलाई दिने कुरै आउदैन । यसैबीच २०५२ सालदेखिको पोष्टटमार्टमको किर्ते बिल बनाएर १० लाख रुपैया हात लगाउन प्रतिष्ठानका फोरेन्सिक विभागका प्रोफेसर विएन यादव लागिपरेको र गिरीबाट सो कार्य गराउन नसकेपछि उनी गिरी विरोधी बनेको प्रतिष्ठानका लेखा शाखाका एक अधिकृतले बताए । यसैगरी नर्सिङ्ग विभागका शिक्षक उपेन्द्र यादवले आज एक अधिकृतलाई थर्काएको प्रसंगमा पनि प्रतिष्ठानको अफिसर्स क्लबमा छलफल भएर निजलाई कार्वाहीको माग गर्ने निर्णय भएको अर्का एक शाखा अधिकृतले बताए ।
प्रतिष्ठानका कर्मचारी अन्यौलमा
यता प्रतिष्ठानको ऐन कानूनमा उल्लेख नगरिएको अधिकार लिएर आएका डा. श्यामसुन्दर यादवको आर्थिक प्रशासनिक निर्देशन पालना गर्दा भोलि अख्तियारको कठघरामा परिने हो कि भनेर प्रतिष्ठानका कर्मचारीहरु त्राहीत्राही भएका छन् । डा. गिरीले अन्तरिम आदेश लिएर आए भने भोलि आफ्नो ‘कमाउ खाउ’ धन्दा धरापमा पर्ने डरले समेत खरिद र लेखा शाखाका कर्मचारीहरु राति राति डा. यादव पक्ष र कार्यालय समयमा गिरी पक्ष भएर समय बिताउन थालेका छन् ।

तपाईको प्रतिक्रिया