द्विपक्षीय सम्बन्धको आधारमा सम्बोधन

काठमाण्डौ÷पछिल्ला केही दिन यता नेपाल भारत सीमा सम्बन्धमा नेपालका केही राजनैतिक दलका नेताहरुको व्यक्तिगत धारणा, केही सञ्चारमाध्यमहरुमा आएका समाचारहरुप्रति नेपालस्थित भारतीय दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।


राजदुतावासका प्रवक्ता नविन कुमारले एक विज्ञप्ती प्रकाशित गरी समाचार माध्यममा आएका समाचार र व्यक्तिगत विज्ञप्तीका सम्बन्धमा माघ १ गते आफ्नो प्रतिक्रिया दिनुभएको छ । खास गरेर कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका स्थानमा भारतले नेपाली भूमि मिचेको भन्ने विज्ञप्ती र समाचारप्रति उहाँले भारत नेपाल सीमाका सम्बन्धमा भारत
सरकारको धारणा सार्वजनिक रुपमा सुंगत र स्पष्ट रहेको जनाउनु भएको छ ।
विज्ञप्तीमा प्रवक्ता नविन कुमारले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्य हुन भन्ने हाम्रो धारणा रहेको छ । विज्ञप्तीमा अगाडि भनिएको छ दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि पारस्परिक सहमति विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया