साना हतियार खरिद विक्रीमा मुस्लिम युवा

इनरुवा÷सुनसरी जिल्ला अपराधिक समूहहरुका लागि सेल्टर बन्दै गएको छ । पछिल्लो एक महिनामा प्रहरीले साना हात हतियार बेचविखनमा सीमावर्ती क्षेत्रका आधा दर्जन भन्दा बढी मुस्लिम नेपाली युवा र भारतीय नागरिकहरुलाई प्रक्राउ गरेपछि ती हतियार कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने कुराले यतिबला प्रहरीको समेत टाउको दुखाई बनेको छ ।
सुनसरी जिल्ल्ला ६२ किमी भारतको विहार राज्यसँग सीमा जोडिएको जिल्ला हो । सीमावर्ती भारतको विहारका सहरहरुमा साना हातहतियार सहजै पाइने र आपराधिक समूहले खुल्ला सीमानाका कारण सहजै नेपाल भिœयाउने विश्लेषण प्रहरीको छ । यद्यपि यसभन्दा अगाडि १५ दिनभित्रमा प्रहरीले सात थान हतियार र सातजनालाई प्रक्राउ गरेको भने थिएन ।


अपराध अनुसन्धान अधिकृत तथा संघीय प्रहरी कार्यालय धरानका प्रवक्ता एसपी भीम दहाल भन्नुहुन्छ यसलाई प्रहरीको सक्रियता मान्नुपर्छ । निकट आउन लागेको स्थानीय निर्वाचनलाई प्रभावित पार्न, आपराधिक शैलीले अुसली गर्न पनि साना हतियारको आयात भएको हुनसक्छ । यद्यपि हाल प्रक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकोले साना हतियारको आयातको वास्वकिता यही हो भन्न कठिन हुन्छ । सुनसरी प्रहरीले पौष २८ र २९ गते दुई थान पेस्तिोल त्यसका गोली र म्याग्जिन सहित चार जनालाई प्रक्राउ ग¥यो । प्रक्राउ पर्नेमा हरिनगरा गाउँपलिका वडा नं. ७ का २० बर्षीय सविर मिया, ३१ बर्षीय परवेज मिया, २५ सिकन्दर मल्लाह, सोही गाविस वार्ड नं. ६ का फरियाद अन्सारी,लाई प्रक्राउ गरी अनुसन्धान गरी रहेको छ । त्यसभन्दा अगाडि पौष १४ गते इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारका ३४ बर्षीय सुशिल साहलाई दुहवी नगरपालिक वडा नं. ३ बाट एक थान पेस्तोल, सोको गोली, म्याग्जिन सहित प्रक्राउ ग¥यो । उता पौष १२ गते कोशी गाउँपालिकास्थित विएस होटलबाट विहार अररिया जिल्लाको वसमतियाका ३५ बर्षीय विद्यानन्द राम र २४ बर्षीय हासिम अन्सारीलाई २ थान पेस्तोल सहित प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया