नेपालका बयोवृद्ध प्रधानमन्त्री सुशिल कोइरालाले शुक्रबार
सरकारी निवास वालुवाटारमा प्राध्यापक डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर नागरिक समाजको एउटा प्रतिनिधि मण्डललाई जुन कुरा भने त्यसले स्वास्थ्य क्षेत्रसाग सम्बन्धित मात्र हैन आम सर्वसाधारणलाई आक्रोसित बनाएको छ ।
मुलुकको शासन सत्ताको नेतृत्व गरेको एउटा जिम्मेवार व्यक्तिबाट प्रा.डा केसीका बारेमा कोइरालाले ‘डा. केसी मरेपनि मैले के गर्नु त?’ भन्ने जवाफ अधिकारकर्मीलाई दिएका थिए । चिकित्सा शिक्षा र मेडिकल कलेज सम्बन्धनको विषयलाई लिएर पााचौपटक अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको स्मरण गराउन अधिकारकर्मीहरु बालुवाटार पुग्दा कोइरालाले यस्तो जवाफ दिएका थिए ।
प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो जवाफ देलान् भनेर कसैले सोचेको सम्म थिएन । प्रधानमन्त्री भएको डेढ बर्षसम्म कोइरालाले मुलुकको हितमा कुनै सकारात्मक काम गर्न सकेको देखिएन । यतिबेला त उनी मेडिकल माफियाको चंगुलमा प्रभावित भएर फासेको देखिन्छ । एउटा मेडिकल कलेजलाई सम्बन्धन दिादा ७०–८० करोडको लाभ हुने भएपछि कोइराला पछिल्लो पटक मेडिकल माफियाको समर्थनमा लागेका छन् । प्रधानमन्त्री कोइरालालाई यतिबेला सत्ता सबैभन्दा प्यारो भएको छ । उनले अधिकारकर्मीहरुसागै भने गठबन्धनको
सरकार छ, एमालेलाई चिड्याउादा सरकारै ढल्छ । एमालेले मनमोहन कलेजलाई सम्बन्धन दिन कोइरालालाई विगत केही समय यता दबाद दिादै आएको छ । राज्यको स्वास्थ्य क्षेत्र नै लथालिंग बनाउने मेडिकल माफियालाई बरु म सरकार छोडिदिन्छु तर माफियाहरुलाई सम्बन्धन दिन सकिदैन भनेर कोइरालाले भन्नुपर्ने थियो ।
भोलि राजनीतिक खोल ओढेर अरु क्षेत्रका माफियाहरुले
कोइरालालाई दबाब देलान्, त्यसपछि अरुले दिादै जालान । जनता र मुलुकको हित विपरीत आएका प्रस्ताव कोइरालाले मान्दै जाने हो भने त्यस्तो राष्ट्रघाति सरकारको नेतृत्व गर्नुभन्दा नगरेकै बेश । मेडिकल कलेजका सम्बन्धमा नयाा नीति नबनुन्ज्याल सम्बन्धन नदिने भनेर कोइरालाले डेढ बष अगाडि प्रतिवद्धता जनाएका थिए । डा. गोविन्द केसी जस्ता इमान्दार चिकित्सक मुलुकले पाउन सक्दैन । आफ्नो हैन ३ करोड नेपालीको हितका लागि केसी आमरण अनसनमा बसेका हुन् । उनी आफ्नो स्वार्थका लागि अनसनमा बसेका हैनन् । आज यसको समर्थनमा सिागो मुलुक जागेको छ , आवसीय चिकित्सकहरुद्वारा ओपिडी सेवा बन्द गरिएका छन् । उनीहरुले मुलुकभरिका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिादा पनि प्रधानमन्त्री कोइराला मेडिकल माफियाकै वकालत गरिरहेका छन् ।
राज्यबाट नागरिकले सर्वसुलभ ढंगले पाउने भनेकै स्वास्थ्य, शिक्षा, खानेपानी हुन् । यिनै निकाय कब्जा गरी नागरिकको पहुाच भन्दा पर पुर्याउन खोज्ने माफियाका विरुद्धमा स्वयम् सरकार लाग्नु पर्नेमा दुर्भाग्यवस त्यो हुन सकेको छैन । सचेत नागरिकले झक्झक्याउादा समेत सरकार तिनैको समर्थनमा लाग्छ । बिना पूर्वाधार, खडा
गरिएका मेडिकल कलेजहरु सेवा भन्दा पनि व्यापार हेतु अगाडि आएका हुन् । ५० औं लाख रुपैयाा खर्च गरेर मेडिकल माफियाहरुले चलाएको कलेजबाट उत्तीर्ण भएका चिकित्सकले भोलि स्वास्थ्यमा
डरलाग्दो व्यवसाय गर्छन् । राजनैतिक दलहरु राज्यको ढुकुटीबाट उपचार गर्न बाहिर जालान् तर सर्वसाधारण नेपालीले के गर्ने ? त्यसैले केसीले उठाएका मागहरु तुरुन्त सम्बोधन गर्नुपर्छ । नत्र सुशिल
कोइराला जस्ता प्रधानमन्त्री इतिहासमा धिक्कारका र घृणााका पात्र मात्र हुनेछन् ।
