गोधुलीको २१ औं संस्करण धरान १६ को कब्जामा : नेपाली कांग्रेसका नगर उपसभापति प्रवीण राईद्वारा प्रोत्साहन स्वरुप विजेता उपविजेताहरुलई २५÷२५ हजार प्रदान

धरान । प्रारम्भदेखि नै अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको गोधुली रनिङ कपको २१ औं संस्करण यस पटक धरान १६ को कब्जामा पुगेको छ ।
विगतका बर्षहरुमा उपविजेतामा चित्त बझाउँदै आएको धरान १६ ले यसपटक भने विजेताको इतिहाँस रच्न पुगेको छ ।
आइतबार धारन रंगशालामा भएको फाइनल खेलमा धरान १६ ले आफ्नो प्रतिस्पर्धी धरान १३ लाई ट्राइबेकरमा ४–३ ले पराजित गर्दै २१ बर्षपछि इतिहास रचेको हो । आयोजक गोधुली फुटबल क्लबले विजेता धरान १६ लाई नगद एक लाख ५० हजार र उपविजलेता धरान १३ लाई ७५ हजारसँगै प्रमाणपत्र, ट्रफी प्रदान गरेको थियो । क्लबले हरेक बर्ष विजेता उपविजेतालाई प्रदान गरिने नगद
पुरस्कारमा बृद्धि गर्र्दै लगेको छ ।


आइतबार भएको फाइनल खेल अत्यन्तै रोचक र प्रतिष्पर्धात्मक भएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा धरान १६ ले ४ गोल गरेको थियो भने धरान १३ ले ३ गोल गरेर उपविजेतामा चित्त बुझाएको थियो । धरान १६ का उदयीमान खेलाडी प्रवीण भुजेल,शैलेन्द्र नेपाल, खुसीमान लिम्बु, मनिष बस्नेतले १–१ गोल गरेका थिए भने सरोज लकान्द्रीले प्रहार गरेको गोल पोष्ट बाहिर गएको थियो । उता धरान १३ का मन्दिप राई, निश्चल श्रेष्ठ, दोर्जी तामाङले १–१ गोल गरेका थिए भने अशोक कटुवाल र मिलन लिम्बुको प्रहार व्यर्थ गएको थियो ।
गोधुली रनिङ फुटबल प्रतियोगिताको २० औं संस्करण विजेता धरान १४ सँग धरान १६ पराजित हुने धेरैले अनुमान गरेका थिए । तर धरान १४ लाई पराजित गरी फाइनलमा पुगेको धरान १६ ले फाइनलमा बाजी मार्न पुगेको हो । २० औं संस्करमा धरान १६ उपविजतामै सीमित भएको थियो । साविकको उपविजो विजेता बनेपछि धरान १६ का टिम व्यवस्थापक श्याकुमार लिम्बुले संक्षिप्त प्रतिक्रिया दिँदै भने खेलाडीहरुको अथक मेहनतले रणनीतिक खेलाइकै कारण विजेता बन्न सफल भएको हो । आगामी दिनमा धरान १६ का खेलाडीहरुले अझ मेहनत गर्दै जाने पनि उनले सुनाउन भ्याए ।
फाइनल खेलमा विजेता धरान १६ का जलन लिम्बु उत्कष्ट खेलाडी घोषित भएका थिए । उनले नगद १५ हजार हात पारेका थिए । यस्तै खेल अवधिभरि सर्वाधिक गोलकर्ता धरान १६ कै सरोज लकान्द्रीले गरेका थिए । आयोजकले उनले सर्वाधिक गोलकर्ता घोषत गर्दै ७ हजार ५ सय प्रोत्साहन स्वरुप प्रदान गरेको थियो । यसैगरी विजेता टिमका मनिष बस्नेत म्यान अफ द म्याच, उत्कृष्ट गोल रक्षक ऋतेष निरौला, उत्कृष्ट प्रशिक्षक दिवस घोषित हुँदै जनही ५ हजार ५ सय हात पारेका थिए । उता धरान १३ का निश्चल श्रेष्ठ उत्कृष्ट रक्षापंक्ती घोषित भएका थिए । यसैगरी धरान १३ कै मिलन राई उत्कृष्ट ट्राइबेकर विवेक राई उत्कृष्ट मिड
फिल्डर घोािष्त भएका थिए । उनीहलाई पनि आयोजक गोधुली क्लबका कार्यवाहक उपाध्यक्ष समिति केसी, धरान उपमहानगरपालिका प्रमुख तिलक राईले जनही ५ हजार ५ सय पुरस्कार प्रदान गर्नुभएको थियो ।

१८ नं. समितिका वडाध्यक्ष राईले पुरस्कारका सहयोग गरे

नेपाली काँग्रेस धरान उपमहानगर समितिका उपसभापति तथा धरान उपममहानगरपालिका वडा नं. १८ का अध्यक्ष प्रवीण (नरेन्द्र) राईले अन्तर वडास्तररीय टुर्वोग गोधुली रनिङ कपका २१ अ‍ैं संस्करणका विजेता, उपविजेता टिमलाई आफ्नो व्यक्तिगततर्फबाट नगद २५÷२५ हजार थप प्रोत्साहन होस भन्ने उद्देश्यले वडा अध्यक्ष राईले गत बर्ष भएको २० औं संस्करणमा पनि नगर्दै उपलब्ध गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया