स्वास्थ्य विमितलाई औषधि उपलब्ध गराउन माग

धरान÷देशका अन्य अस्पताल, स्वासथ्य केन्द्र, मेडिकल कलेजहरुले स्वास्थ्य विमितहरुको स्वास्थ्य परीक्षणसँगै औषधि समेत उपलब्ध गराउने भएपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म औषधि उपलब्ध नगराएको भन्दै स्वास्थ्य विमा सेवा संघर्ष समितिले ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले आर्थिक बर्ष २०७१÷०७२ देखि नेपालका सम्पूर्ण नेपाली नागरिकहरुलाई स्वास्थ्य विमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराइने विशिष्ट उद्देश्यसहित स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर नेपाल सरकारको मातहतमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विमितहरुलाई हालसम्म कुनै प्रकारको औषधि उपलब्ध नगराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराइसकेका छन् ।
स्वास्थ्य विमा सेवा संघर्ष समितिले केही दिन अगाडि धरान आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै लिखित ध्यानाकर्षण पत्र बुझाएको थियो । समितिका संयोजक विनोद घिमिरेले नेपालभरिका स्वास्थ्य संस्थाहरुले उपलदब्ध गराउँदै आएको स्वास्थ्य विमा अन्तर्गत औषधि वितरण सेवा जस्तो महत्वपूर्ण सेवा प्रतिष्ठानबाट लामो समयदेखि उपलब्ध नभएको हुँदा सर्वसाधारण, कमजोर आर्थिक हैसियत भएका विपन्न नेपाली नागरिकहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भएको थियो । संयोजक घिमिरेले प्रतिष्ठानबाट नागरिकहरुलाई स्वास्थ्य उपचारसहित औषधि वितरण सेवा समेत पाउन सक्ने व्यवस्था शिघ्रातिशिघ्र मिलाई दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशनका लागि समेत आग्रह गर्नुभएको थियो ।
धरान साप्ताहिकसँग प्रतिक्रिया दिँदै संयोजक घिमिरेले भन्नुभयो विमितहरुले औषधि पाउनुपर्छ भने सवालमा हाम्रो अभियान नै रहन्छ । सरकारले १५१ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको छ । तर प्रतिष्ठानले कुनै औषधि उपलब्ध गराएको छैन । समितिका अन्य सदस्यहरुमा गणेश सुब्बा, विजय चौधरी, अनुपमा सुनुवार, विन्दु राई तिम्सिना, तिलक राई किशोर राई, श्याम पोख्रेल, अनिल श्रेष्ठ, मुरारी भट्टराई, सुजेन्द्र तामाङ, उमेश थापा, सत्रुघन अन्सारी
रहनु भएको छ ।

तपाईको प्रतिक्रिया