समीक्षा हुनुपर्छ रे
हरुवा कुकुरले पुच्छर टाङमुनि छिराएर टाप ठोक्छ । यो कुरा त लाटा, गाँडा, खोरन्डेलाई मात्र थाहा छैन प्राणी जगतका नन्दीभृँगी
चराचरलाई थाहा छ । तर नेपालमा एकजना यस्ता अवरणभित्रका मनुवा छन् जो हार्दा किन हारे समीक्षा हुनुपर्छ भन्दै राँडे रुवाई गरिरा“छन् । ती मनुवाको धन्दा भन्या वाल्वाटारे स्यालबहादुरको चाकडी बजाउने मन्त्री सन्त्री पड्काउने । फाउको पदमा बस्ने डिङ हाक्ने । भर्खरै सम्पन्न नेप्लिज लाँग्रेको १४ औं महाधिवशेनमा वाल्वाटारे स्यालबहादुरले महामन्त्रीको टिका थमाइदिएछन् । तर देशभरिका कार्जेकर्ताले टिकटै काटिदिएछन् । यतिबेला ती मनुवा आच्या प्रकाश शरण महत तिल्मिलाएर फनफनी घुम्न थाल्या मात्र छैनन्, आफू हार्नुको कारण समीक्षा हुनुपर्छ भन्दै
बर्बराउन थाल्या छन् । वात सिधा छ कार्जेकर्ताले पत्याएनन्, भोट हालेनन् चिलिम बनाए । भुत्राको समीक्षा ? बात करता है ?
कमलेको धन्दा चौपट

राजाको नाम भँजाएर बीसौ बर्षदेखि धन्दा गर्दैै आएका मकवानपुरे कमल थापाको धन्दा हिजोआज चौपट्ट भएको छ । आफूलाई राजाले राप्रपाको अध्येक्षेमा हराएको भन्दै थुतुनोमा जे आयो त्यही फलाक्न थाल्या छन् । अस्तिका दिन तिन्ले २४० बर्ष सम्म राजाले शासन गर्दा नेपालमा किन विकास भएन सम्म भन्न भ्याएछन् । नेपाल देश बनाउने, यत्तिका विकास भएकोचाहिँ तिनका बाबुले ग¥या थे कि क्या हो ? आफ्नै पार्टीभित्रका कार्जेकर्ताले पत्याइ दिएनन् अनि दोषचाहिँ राजमाथि । माछो देखिए दुलाभित्र हात भ्यागुता देखिए दुला बाहिर हात । व्यापारमा दिन दुगुना
रात चौगुना मुनाफा भए राजाको गुनगान गाउने कमले किन चाउरिस मरिच आफै पीरो भएर भन्ने उखानसँग ठ्याक्क मिल्न पुग्या छ । मन्त्री नहुन्ज्याल गणतन्त्रको विरोध गर्ने, मन्त्री पाएसी’ गणतन्त्र ठीक, धर्म निरपेक्षता ठीक भनेर मुरली बजाउने कमलेको थुतुनोमा कुन दिन कस्ले बजाउने हो । घण्टाघरलाई त चिन्ता लाग्न थाल्या छ ।
उन्नत किसिमको लोकतन्त्र
नेपालको लोकतन्त्र संसारकै उन्नत किसिमको लोकतन्त्र हो । वित्थामा केही जन्तुहरु लोकतन्त्रलाई गाली गर्छन् । बुझ्नु सुझ्नु केही छैन गाली गर्दियो भयो । अब हरेक न पर्देश नं. १ का मुखमन्तरीले मन्त्री नभएका पर्देशका मन्त्रालयहरुमा स्वकीय सचिव नियुक्ति गरेछन् । पहिला पहिला विना विभागीय मन्त्रीहरु मात्रै बनाउने चलन थियो । अबचाहिँ मन्त्री नै नभएका मन्त्रालयहरुमा पनि स्वकीय सविच राख्ने, नियुक्ति गर्ने अग्रगामी छलाङ मन्तरी राजिन्दर राईले प्रचलन शुरु गरेका छन् । साह«ै राम्रो परम्पराको शुरुवात ग¥या छन् मन्तरी राईले । उन्नत किसिमको लोकतन्त्रमा अग्रगामी छलाङ त मान्नै पर्छ । कि कसो हौ राजिन्दर ज्यू ?
आफ्नै जोइलाई राखे वेश
वाल्वाटारे मुखिया पनि विचित्रका छन् । अब हेरम न तिन्ले अस्तिका दिन १४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका सभापतिका पराजित उमेद्वारलाई बरियाताको ् क्रममा ४० औं स्थानमा राखे रे । आफ्ना चरुवा, कम्तियारहरुलाई मुखिया वाले वरियताको क्रममा अगाडि राखे भनेर एकथरि लाँग्रेसका कार्जेकर्तारुले डंका पिट्न थाल्या छन् । अब राखे त राखे किन डंका पिट्नु ? पर्धानमन्तरी पनि मुखिया वा नै छन्, सभापतिमा नि उन्ले नै जित्या छन् । डाडु पन्यु आफ्नो हातमा भएसी यस्ता जाबो काम त अरुले नि गरिहाल्छन् । धेरै कचकच ग¥यो भने मुखिया बालाई झोक चल्छ । झोक चलेसी आफ्नै जोइलाई दोस्रो बरियतामा र छोरोलाई तेस्रो बरियतामा राखिदिन्छन् । अनि चाल पाउला ।
राजनीतिक यात्रा जारी छ
जता ति उत्तानोटाङ भएर पछारिने रामचन्द्रे बाजेले अस्तिका दिन भन्या मेरो राजनीतिक यात्रा जारी छ रे । विचराको खप्परामा कहिल्यै श्री लेख्या रै’नछ पिचरी लेख्या हुनाले जता हात हाल्छन् त्यतै डोढ्याङ खान्छन् । पर्धानमन्तरी र सभापति बन्ने विचराको उहिल्यै देखिको आकांक्षा हो । के गर्नु आकांक्षा भएर ? यसपालि त बाजे धरधरी नै रोए । जुन काममा सफलता मिल्दैन त्यस्तो काममा हातै नहाल्नु नि । उमेरले डाँडो काट्न लाग्दा नि पद पद भनेर घरी यता गर्छन् घरी उता गर्छन् । आफ्नैले पत्याइदिँदैनन् । घण्टाघरको बोजेलाई एउटा सुझाव छ अब धेरै हाइहाइ नगरी आफ्नै घरमा यसो नाति नातिना खेलाएर बसे बेश । घर परिवार पनि खुशी हुन्थे । तर बुढा के मान्थे ? सास छउन्ज्याल आश हुन्छ भन्छन् । त्यसैले होला बुढा राजनीतिक यात्रा जारी भन्दै लखर लखर दौडिरा’छन् ।
अनुदान हो रे
हाताई भन्दा दातालाई खसखस त्यसै भन्दा होइन । आयाराम गयाराम बाउराम भट्टराई यतिबेलाएमसिसीको नेपालका प्रवत्तै बन्या छन् । एमसिसीमै बाजेको प्राण अल्झेको जस्तो छ । साह«ा नेपालीहरुले एमसिसीको विरोध गरिरा’ छन् । सडकाँ जुलुस निकाली रा’छन् । नारा लगाइरा’छन् । नो एमसिसी भनिरा’छन् । तर ती आयाराम गयराम पिलन्धेरे बाजे एमसिसीको बखान मात्रै गरिरा’छन् । एमसिसी भिœयाउन पाए दह«ै कमिशन बजाउन पाइने भएरै होला ती प्रवक्ता बन्या । एमसिसी अनुदान हो रे, ऋण होइन रे, तिर्नु पर्दैन रे । तिनका कुरा सुन्दा नेपाली
सिरियलका पुर्नेले भन्या झै घण्टाघरलाई नि मुखमा हानौ हानौ जस्तो लाग्छ । आजकलको जमानामा सित्तिमा कसैले दिन्छ ? तुरुक्क पिसाव फेरिदेन भन्दा त फेरिदिँदैनन् । बात करता है बाजे ।
जनमतले उत्पातै मच्चाएछ
सिराहाको मिर्चेयामा सिके राउतका कार्जेकर्ताले उधुमै मच्चाइ दिएछन् । आखिरी जनमत पार्टीका कार्जेकर्ता पनि काम रै’नछन् । कहिले भ्रष्टलााई नाँगै सडकमा मोसो दलेर दौडाउन्छन्, कहिले के गर्छने । अस्तिका दिन त मिर्चैयामा सडकमा गुड्ने कुनै पनि गाडीलाई सरसउँदो छोडेनछन् । प्रहरीले मिचेयाको किसानलाई गिराफ्तार गरेसी सिकेका कार्जैकर्ता उग्रचण्ड भएर सडकमा लौरो बोकेर निस्केछन् । तिनेरले आम हड्तालको घोषना गरे । तर जबरजस्ती गाडी दौडाउनेहरुका गाडिचाहिँ हल्कादेखि घनघोर धुलोपीठो भएछन् । सिकेका कार्जैकर्ता सडकमा आएसी विचरा प्रहरी पूरै गायव । अब सिकेका काजैकर्ता काठमाण्डौ छिर्नुपर्छ । भ्रष्टहरुलाई टुँडीखेलमा जम्मा गरेर नाँगै दौडाउनुपर्छ । कि कसो हौ ?
अन्तेमा
झालेमालेका अध्येक्षे खप्रओले भन्या संसद ज्यान गए नि चल्न नदिने रे । आफूले कार्वाही गरेर पदमुक्त बनाएका माकुनेको १४ जना सांसदलाई निस्कासन नगरेसम्म चल्न नदिने रे । कुरो त ठीकै हो । संसद चल्दा नि नेपाली जनताले के पाउँछन् ? नचल्दा पनि के पाउँछन् ? केही नपाइने कुरा चलेर के फाइदा ? खप्रओले सा्ेह«ैआना कुरा ठीक भने । निर्वाचनसम्मै संसद चल्न नदिने खप्रओको अडानलाई मान्नै पर्छ । एउटै खप्रओले पञ्चतत्वको सरकारलाई लिरीलिरी हल्लाइदिएका छन् । अब त खप्रओको नाम सुन्दा नि पञ्चत्वका नेताहरु विजुली देख्दा कुकुर तर्से झै तर्सन थाल्या छन् ।
