धरान÷पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको २०७८ भाद्र ३० गते सम्पन्न १६ औं बार्षिक साधारणसभा तथा १० औं महाधिवेशनले समाजसेवी एवम् राजनीतिक कर्मी समेत रहनु भएका दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा एसोसिएनका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मत चयन गरेको छ ।

एसोसिएनको प्रथम उपाध्यक्षमा सन्तोष प्रसाद धिमाल, द्वितीय उपाध्यक्षमा महेन्द्रकुमार अग्रवाल, महासचिवमा रुद्र अधिकारी, कोषाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा मनिष मारु र सम्पर्क सचिवमा
राजनकुमार तिम्सिना चयन हुनुभएको छ ।
२१ सदस्यीय कार्यकारणी समितिको सदस्यहरुमा ओमप्रकाश अगवाल, मुकेश गिदडा, मुकेस सारडा, सुनिता केसी, विजय भगत, ओमप्रकाश साह, कृष्णकुमार अटल, पञ्कज अग्रवाल, मनिषकुमार साह, मिलन रौनियार, राधेश्याम रौनियार, निरझर श्रेष्ठ, मिङ्मा शेर्पा र सन्तोषकुमार मारु रहनु भएको छ । उहाँहरु सबैको पदस्थापन शनिवार विराटचौकमा भएको थियो ।
